arrow

रेणुले दुई घरको घरभाडामा दिइन छुट, धनकुटामा घरभाडा छुट दिने ३२६ पुगे

logo
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७७ कार्तिक ८ शनिबार
renu-shrestha-dhankuta.jpg

धनकुटा । दशैं तिहार नेपाल संवतको शुभकामना दिदै धनकुटा नगरपालिका वडा नं. ५ का समाजसेवी तथा सामाजिक अभियान्त रेणु श्रेष्ठले लकडाउनका कारण संकटमा परेका व्यापारीहरुलाई सहयोग गरेकी छिन् । उनले दुई वटा घरको भाडा छुट गरेकी छिन्। रेणुसँगै धनकुटा जिल्लामा ३ सय २६ जना घरधनीहरुले घर भाडा छुट गरेका छन् ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका केन्द्रीय सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघ सदस्य तथा मिसा खल धनकुटाकी अध्यक्ष समेत रहेकी सामाजिक अभियान्त रेणु श्रेष्ठ, ईश्वर वहादुर श्रेष्ठले धनकुटा नगरपालिका वडा नं. ५ माथिल्लो कोप्चेमा रहेको दुई वटा घरको भाडा एक एक महिनाको छुट गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले जानकारी दिए। एउटामा खाजा घर अर्कोमा होटल संचालन भैरहेको घरधनी रेणु श्रेष्ठले वताईन । समाजसेवी श्रेष्ठ गत स्थानीय तहको निर्वाचनमा धनकुटा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट उपमेयरको उम्मेदवार थिइन ।

धनकुटाको व्यापारिक केन्द्र हिले बजारमा अहिलेसम्म ८४ जना घर धनीहरुले घर भाडा छुट गरी कोरोना भाईरसका कारण ठप्प भई ठूलो संकटमा परेका व्यापारीहरुलाई सहयोग गरेको धनकुटा उद्योग बाणिज्य संघका महासचिव राम वहादुर गोङ्वा तामाङ्गले वताए ।

लकडाउनका कारण व्यापार व्यावसाय चौपट भई आर्थिक समस्याको मारमा परेका धनकुटा बजारका व्यवसायीहरुलाई सहयोग गर्दै अहिलेसम्म १ सय ४२ जना घर धनीहरुले घर भाडा छुट गरी सहयोग गरेको धनकुटा उद्योग बाणिज्य संघका कोषाध्यक्ष रुपेश श्रेष्ठले वताए ।

धनकुटा जिल्लाभरी अहिलेसम्म ३ सय २६ जना घर धनीहरुले घर भाडा छुट गरी व्यपारी तथा व्यवसायीहरुलाई सहयोग गरेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष विजय सन्तोषी राईले वताए । भाडा छुट गरेका सबै घर धनीहरु तथा धनकुटा नगरपालिका लगायत विभिन्न संघ संस्थाहरु र कार्यालयहरुलाई धनकुटा उद्योग बाणिज्य संघले साधारण सभामा सम्मान गर्ने कार्यक्रम रहेको धनकुटा उद्योग बाणिज्य संघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ