arrow

कोरोना भाइरसः पोखरामा थप तीन जनाको मृत्यु

logo
हरि पन्त, 
प्रकाशित २०७७ कार्तिक ९ आइतबार
corona-killed.jpg

पोखरा । कोरोना भाइरस संक्रमणबाट गण्डकी प्रदेशमा थप तीन जनाको मृत्यु भएको छ । गण्डकी सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले आइतबार बिहान ६ः१५ बजे दिएको जानकारी अनुसार पोखराका तीन जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा पोखरा महानगरपालिका वडा नं १ का ४२ वर्षीय, पोखरा २८ का ६८ वर्षीय र पोखरा ३१ का ५८ वर्षीय पुरुष छन् । पोखरा १ का पुरुषको पोखरास्थित चरक मेमोरियल, पोखरा २८ का पुरुषको गण्डकी मेडिकल कलेज र पोखरा ३१ क पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमक प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए ।

मृत्यु हुने तीन जनामा नै निमोनियाको समस्या रहेको बताइएको छ । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६२जना पुगेको छ । 

यस्तै गण्डकी प्रदेशमा कूल संक्रमितको संख्या ६४ सय ४९ जना पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ