arrow

कालोदिनमा आधिकारिक ट्रेड युनियनको निर्वाचन

logo
कविता उपाध्याय,
प्रकाशित २०७३ जेठ १९ बुधबार
rolpa-employee-election.jpg.jpeg
रोल्पा। लामो समय सम्म सारिंदै र धकेलिंदै आएको निर्वाचनको मिति सरकारले सोंच्दै नसोंची कालो दिनमा पारेको भन्दै कर्मचारीहरुले गुनासो गरेका छन्। 
 
“पटक पटक सारिदै आएको निर्वाचन आजैका दिनमा नपारेको भए हुन्थ्यो” नेपाल निजामती कर्मचारी युनियन (संघ) का केन्द्रिय सल्लाहकार शान्तराज अधिकारीले बताए ।
 
अधिकारी भन्छन्  “तत्कालिन राजा वीरेन्द्रको वंशनाश भएको दिन भएको हुँदा आज बाहेक अन्य कुनै दिनमा निर्वाचन भएको भए अझ हर्षाल्लास थपिन्थ्यो होला। त्यसैले आगामी दिनमा यस्ता खालका महत्वपूर्ण कामहरु गर्दा कालो दिनमा नपारेकै राम्रो ” अधिकारीले भने । 
 
आधिकारिक ट्रेड युनियनको निर्वाचनका लागि अहिले रोल्पा उद्योग बाणिज्य संघमा मतदान भइरहेको छ  । रोल्पामा ४ वटा कर्मचारी युनियनहरु प्रतिष्पर्धा गर्दैछन् । 
 
जस अन्तर्गत रोल्पामा नेपाल निजामती कर्मचारी युनियन संघ, नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र रहेका छन् । 
 
विहान ९ बजेदेखि शुरु भएको मतदान प्रकृया साँझ ५ बजे सम्म चल्ने मतदान अधिकृत सुवर्णमान बनेपालीले जानकारी दिए। 
 
रोल्पामा  ३ सय ३६ जनाले मतदान गर्न सक्ने बताउदै मतदान अधिकृत बनेपालीले विहान ११ बजे सम्म १ सय २१ जना कर्मचारीले मतदान गरिसकेको जानकारी दिए। उनका अनुसार मतदान प्रकृया सौहाद्र्र पूर्ण वातावरणमा संचालन भइरहेको छ ।
 
रोल्पामा आआफ्ना संगठनलाई जिताउनका लागि कर्मचारीहरु केहीदिनदेखि  निकै उत्साह पूर्वक रुपमा दौडधुप गरिरहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ