arrow

अभियन्ता प्रकाश थापाको निधन, इलाम कांग्रेसद्धारा शोक व्यक्त 

logo
प्रकाशित २०७७ कार्तिक ९ आइतबार
prakash-thapa-ilam-died.jpg

इलाम । नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामका सदस्य तथा अपाङ्गता क्षेत्रका अभियन्ता प्रकाश थापाको मृगौलाको उपचारको क्रममा निधन भएको छ । उनको यही कार्तिक ७ गते असामयिक निधन भएको हो । 

थापाको निधनप्रति इलाम जिल्ला कार्यसमितिले दुःख व्यक्त गरेको छ । उसले उक्त खवरले जिल्ला कार्य समिति स्तब्ध भएको उल्लेख गरेको छ । 

शोक विज्ञप्ति जारी गर्दै जिल्ला कांग्रेसले थापाको निधनले नेपाली कांग्रेसलाई ठूलो क्षति भएको र जिल्लाले एक कर्मठ कार्यकर्ता गुमाएको नेपाली कांग्रेस इलाम जिल्ला कार्यसमितिका सभापति हिमालय कर्माचार्यद्धारा जारी बिज्ञत्तिमा जनाइएको छ । 

विज्ञप्तिमा भनिएको छ, ‘उहाँले अपाङ्गता क्षेत्रका बिभिन्न संघ संस्थामा आबद्ध भएर समाजको लागि योगदान गर्नुभएको छ । विगतमा लोकतन्त्रका लागि भएका पछिल्ला आन्दोलनमा उहाँले खेलेको भूमिकाको पार्टीले उच्च मूल्याङ्कन गर्दछ ।
यस दुखद घडीमा दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । साथै शोकाकूल परिवार जनमा परेको पीडा सहन सक्ने शक्ति माई भगवतिले प्रदान गरुन भन्दै हार्दिक समवेदना व्यक्त गर्दछौ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ