arrow

बस व्यबसायीको दुखेसोः दशैं मनाउने पैसा कमाउने आशमा, उल्टै घाटा लाग्यो

logo
नारायण वली,
प्रकाशित २०७७ कार्तिक ९ आइतबार
bus-butwal.jpg

रुपन्देही । हरेक वर्ष आउने हिन्दु धर्मालम्वीहरुको महान चार्ड वडादशैं नजिकिदै गर्दा सवैभन्दा धेरै खुसी हुने यातायात व्यबसायीहरु हुन् । वर्षभरी सामान्य रुपमा सञ्चालन भएपनि तर वर्षको एकदिन दशैं नजिकिनै लाग्दा भने विशेषगरी बस व्यबसायीहरु केही पैसा कमाई हुन्छ भन्ने कुरामा खुसी हुन्छन् । 

दशैं आउने समय नजिकिदै गर्दा करिव एक महिना अगाडी देखि दशैंको नवौं दिन (नवमी) सम्म यात्रुहरु खचाखच भरेर गुड्ने गरेका बसहरु अहिले भने रित्तै गुडिरहेका देखिन्छन् । 

विभिन्न जिल्ला रहेका बसपार्कहरुमा रहेका टिकट काउण्टर घर खाली अबस्था देखिन्छन् । यसैक्रममा हिजो बुटवलको नयाँ बसपार्कमा यात्रुहरु भन्दा बढी गाडी मालिक तथा स्टाफहरुको मात्रै भिड लागेको देखियो । उनीहरु यात्रुको पर्खाईमा बसपार्क वरिपरि घुम्दै थिए । तर मानिसहरुको आवागमन भने निकै न्युन रहेको छ ।

गत चैत ११ गते देखि कोरोना भाईरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रण गर्नका लागि गरिएको लकडाउनले थला परेका सवैभन्दा पिडित बसव्यबसायीहरु यतीवेला थप मारमा परेका छन् । लामो समयको लकडाउनले सवैक्षेत्र ठप्प हुँदा नागरिकहरुको जीवनचर्या पछिल्लो समय कष्टकर वन्दै गएपछि सरकारले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै, स्थिती सहज वनाएपनि अझैं कोरोना भाईरसको प्रभाव कायमै रहेकाले खुलेरै अझैं आवागमन गर्ने स्थिती छ्रैन् ।

जसका कारण बस व्यबसायीका अनुसार सरकारले यातयात सञ्चालन गर्नका लागि स्वास्थ्य सुरक्षाका उपायहरु अनिवार्य रुपमा अपनाएर मापदण्ड अनुरुप सवारीसाधन सञ्चालन गरिए पनि तर विडम्वना, मानिसहरु नहिडेकाले यात्रुहरु पाउन नसकेको बस व्यबसायीहरुको दुखेसो पोखे । जसले गर्दा गाडी किन्दा लिएको वैंकको ऋणले घरवासै जाला जस्तो भएको व्यबसायीहरुको भनाई छ ।

बुटवलबाट काठमाण्डौंका लागि छुटेको लु २ ख ४६०७ नम्बरको डिलक्स बसका मालिकले भने, काठमाण्डौं जाँदा १४ जना मात्रै यात्रु लिएर गएको र फर्किदा ७ जना मात्रै लिएर आएको उक्त गाडीका मालिक नारायण भण्डारीको भनाई रहेको छ । उनले भने, गाडी चलाएर यात्रुबाट कमाउनु त परको कुरा भयो, काठमाडौं जाँदा आउँदा तेल खर्च देखि खाना लगायत खर्च नउठ्ने वताउँदै उल्टै गाडी मालिकलाई वगाय लाग्ने गरेको दुखेसो पोखे । 

यसैवीच चालक अर्यालका अनुसार लकडाउनका कारण सवारीसाधन लामो समयदेखि थन्काएर राखिरहँदा इञ्जिनमा खिया लाग्ने डर, लाईट व्याट्री लगायतका सामाग्री बिग्रने लगायतका कारणले सवारीसाधन वाध्यताले बाटोमा निकाल्नु परेको र मर्मत सम्भार गर्न समेत खर्च उठाउन कठिन भएको जनाउँदै, कोरोना भाईरसले लकडाउन हुँदा धरासयी वन्न पुगेका बसव्यबसायीहरुका लागि राज्य वाट पनि कुनैपनि सहुलियत पूर्ण राहतको व्यबस्था नगरेको प्रति राज्यलाई सवै भन्दा धेरै यातायात क्षेत्रवाट राजस्व उठ्ने गरेपनि तर राज्य गैरजिम्मेवार वनेको जिकिर गरे ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ