arrow

नेविसङ्घलाई नीतिमुखी बनाउन प्रशिक्षण

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
nepal-student-union.jpg.jpeg
काठमाडौँ। नेपाल विद्यार्थी सङ्घलाई सशक्त र नीतिमुखी बनाउन उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको छ।
 
नेविसङ्घ केन्द्रीय समितिले आज यहाँ आगामी ११ औँ महाधिवेशनमा प्रस्तुत हुने नीति तथा कार्यक्रम निर्माणका लागि उपत्यकास्तरीय प्रशिक्षण कार्यक्रम गरेको हो।
 
कार्यक्रममा नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महत, डा मीनेन्द्र रिजाल, धनराज गुरुङ, दीपक खड्का, गुरुराज घिमिरे, डा हरि पोखरेल, रञ्जित कर्णलगायतले प्रशिक्षण दिएका थिए।
 
सो कार्यक्रममा काठमाडौँ उपत्यकाका विभिन्न स्कुल, क्याम्पस तथा जिल्लाका दुई-दुई गरी दुई सय भन्दा बढी विद्यार्थीको सहभागिता रहेको थियो। यो अभियानलाई नेविसङ्घले सातै प्रदेशमा लैजाने नेविसङ्घका नेता दीपक भट्टराईले जानकारी दिए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ