arrow

नुहाउने क्रममा डुबेर अर्चना र अस्मिताको मृत्यु

logo
प्रकाशित २०७७ कार्तिक ९ आइतबार
water-kill.jpg

कैलाली । नदीमा नुहाउने क्रममा डुबेर दुई बालिकाको आइतबार मृत्यु भएको छ । 

घोडाघोडी नगरपालिका– ५ सरैयाकी आठ वर्षीया अर्चना विष्ट र नौ वर्षीया अस्मिता ढुङ्ग्यालको कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर मृत्यु भएको हो । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुवै बालिका मृतावस्थामा भेटिएको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ