arrow

एसएलसी प्रिन्स भए दाङको पानी अभियानलाई एक लाखको सहयोग

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
slc-prince-adhikari.jpg.jpeg
दाङ। एसएलसी प्रिन्स २०१६ का प्रतिष्पर्धी दाङ्ग लक्ष्मीपुर ९ का जेएलसन अधिकारीका परिवारले एसएलसी प्रिन्सको उपाधी जेएलसन अधिकारीले जिते दाङ्गको पानी अभियानलाई १ लाख सहयोग गर्ने घोषणा गरेका छन्। अमेरिका बस्दै आएका अधिकारीका मामा सञ्जय आचार्यले भान्जाले उपाधी जितेमा पानी अभियानलाई १ लाख सहयोग गर्ने घोषणा गरेका हुन्। पोल्याण्ड बस्दै आएका दाङ्ग लक्ष्मीपुर ७ निवासी मित्रलाल पार्देले शुरु गरेको एक करोडको पानी अभियानलाई धेरै ठाउबाट सहयोग जुटि रहेका बेला अधिकारी परिवारले यो घोषणा गरेका हुन । 
 
अभियन्ता पार्देले अधिकारी परिवारको यो घोषणालाई स्वागत गर्दै प्रतियोगीलाई भोट गरी जिताउन सबैलाई आग्रह गरेका छन्। प्रतियोगीलाई जिताउनका लागि मोवाइलबाट एसएमएस भोट र फेसबुक पेजमा गई लाइक गर्नु पर्ने ब्यबस्था छ। जेएलसनलाई मोवाइलबाट भोट गर्नका लागि एमएनएम टाइप गरी एक स्पेश दिएर १६ टाइप गरी ३३००१ म पठाउन सकिने छ। त्यसैगरी फेसबुक पेज एसएलसी प्रिन्स पेज लाइक गरी १६ नम्बरको फोटोमा लाइक गर्नु पर्ने नियम छ। द फेसन प्लस ले आयोजना गरेको एसएलसी प्रिन्स २०१६ का २५ जना प्रतियोगी अहिले काठमाण्डौमा प्रशिक्षणमा छन काठमाण्डौ सहित ७ स्थानमा गरिएको पहिलो अडिसनबाट २५ छात्रहरुबीच यो प्रतिष्प्रर्धा भैरहेको छ। २५ प्रतियोगी मध्य फेसबुक तथा एसएसएस भोटिङ्गबाट सर्बाधिक मत प्राप्त गर्ने १ जना पपुलर टाइटल जित्दै सोझै दोश्रो चरणमा जान पाउने छन। १५ प्रतिष्पर्धीबाट टप ५को छनोट गरिने र अन्तिम चरणमा टप ५ बाट टप ३ को छनौट गरिने आयोजक संस्थाका प्रशासकिय प्रमुख हुकुमराज लुइटेलले जानकारी दिएका छन। टप ५ मा पर्ने लाई झण्डै ४ लाख बराबरको शैक्षिक बृति दिइने छ भने बिजेता ३ जना लाई शैक्षिक बृति संगै नगद ३० हजार २० हजार र १० हजार संगै बिभिन्न अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ। 
 
प्रतियोगीताको फाइनल असार ८ गते हुने भएको छ। फाइलनमा प्रसिद्ध र बिज्ञ अनुहारहरु जुरीका रुपमा देखिने छन। अधिकारीले माउण्ट भ्यू बोर्डिङ स्कुल दाङ्गबाट यसवर्ष एस.एल.सी परीक्षा दिएका हुन। यो प्रतिष्पर्धामा दाङ्गकै अर्का बिद्यार्थी सौगात घर्तिमगर पनि सहभागी छन। प्रतियोगी हरुलाई शारीरिक सुगठन, ब्यक्तित्व बिकास , स्विमिङ्ग लगाएतका प्रशिक्षणमा सहभागी गराइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ