arrow

प्रहरीले पत्रिका जलायो, कुट्यो पत्रकारलाई

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
jayanti-tamang.jpg.jpeg
उदयपुर। जेठ १९ गते बुधवार देशव्यापी रुपमा भैरहेको निजामती कर्मचारीहरुको आधिकारीक ट्रेड युनियनको निर्वाचनको क्रममा उदयपुर जिल्लामा प्रहरीले स्थानिय पत्रपत्रिका कब्जामा लिएर जलाएको छ। सो घटनाका बारेमा नेपाल प्रेस युनियनले आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ। 
 
युनियनका महासचिव अजयबाबु शिवाकोटीले एक विज्ञप्ती निकाल्दै उदयपुरबाट प्रकाशन हुने त्रियुगा एक्सप्रेस दैनिकका प्रतिहरु प्रहरीले कब्जामा लिई जलाएकोमा कडा आपत्ति जनाएका छन्। पत्रिका जलाउने प्रहरीको हर्कतको प्रतिवाद गर्दा त्रियुगा एक्सप्रेसका सञ्चारकर्मी तथा नेपाल प्रेस युनियन उदयपुरका कोषाध्यक्ष, नेपाल पत्रकार महासंघ उदयपुरका सदस्य, तामाङ संचार समुह केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष एवं आदिवासी जनजाती पत्रकार महासंघ उदयपुर सदस्य जयन्ती तामाङमाथि प्रहरी जवान शोभा कार्कीले अमर्यादित व्यवहार गर्दै हातपात गरेको घटनाको युनियनले निन्दा गरेको छ। 
 
नेपाल प्रेस युनियनले पत्रिका जलाउने र पत्रकार पिट्ने घटनामा संलग्न दोषी प्रहरीमाथि कार्वाहिको माग गरेकछ। अन्यथा यस्तो किसिमको अमर्यादित व्यवहार गर्ने प्रहरीलाई कार्वाही नभए थप आन्दोलनमा जाने चेतावनी समेत दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ