arrow

कर्मचारीको निर्वाचन शान्तिपूर्ण सम्पन्न, मतगणना सुरू

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
vote.jpg.jpeg

काठमाडौं  ।  नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेडयुनियनको ऐतिहासिक निर्वाचन सम्पन्न भएको छ । निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्रबाट सम्पन्न भएको मतदानको केहीबेरमा मतगणना सुरू हुने निर्वाचन समितिले जनाएको छ ।

विहान ९ बजेदेखि सुरू भएको निर्वाचन साँझ ५ बजे सम्पन्न भएको प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमल्सिनाले जानकारी दिए । निर्वाचनमा एक हजार ६०३ कर्मचारी र एक हजार २१५ सुरक्षाकर्मी खटिएका थिए । कार्यालयको प्रमुख नरहेका शाखा अधिकृत र सो भन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीमध्ये ९५ प्रतिशत भन्दा बढीले निर्वाचनमा भाग लिएको बताईएको छ । तर, निश्चित संख्या भने जिल्लाबाट नआएकोले भन्न सकिने अवस्था नरहेको समितिले जानकारी दिएको छ ।

नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी सङ्गठनले निर्वाचनमा भाग लिए । साथै, निर्वाचन ससकिएसँगै साँझ ६ बजेदेखि निर्वाचनको मतपरिणाम सुरू हुने निर्वाचन समितिले जनाएको छ । काठमाडौंमा ६ बजेदेखि सुरू हुने भएपनि काठमाडौं बाहिरको बारेमा भने यकिन भईसकेको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ