arrow

कर्मचारी निर्वाचन मत परिणामः उर्जा र विज्ञानमा एमाले पहिलो, काँग्रेस दोस्रो

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
trade-unioun-3.jpg.jpeg
काठमाडौं। नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको ऐतिहासिक निर्वाचनको मतपरिणाम आउन सुरू भएको छ। निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्रबाट सम्पन्न भएको मतदानमा उर्जा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालय विभागीय समितिमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन पहिलो भएको छ। उसले कूल खसेको १२६ मत मध्ये ७६ मत ल्याएको छ। 
 
त्यसैगरी, दोस्रो हुनेमा नेपाल निजामती कर्मचारी युनियन (संघ)ले ४० भोट पाएको छ, तेस्रो हुनेमा नेपाल मधेसी निजामती कर्मचारी मञ्चले ३ भोट तथा राष्ट्रिय कर्मचारी सङ्गठनले १ भोट ल्याएको छ भने बाँकी ६ भोट बदर भएको संघका विभागीय अध्यक्ष सोमनाथ गौतमले जानकारी दिए। अन्यत्रको मतपरिणाम पनि आउने क्रम जारी छ।
 
उता उर्जा मन्त्रालय विभागीय कार्य समिति तर्फ पनि एमाले निकट संगठनले पहिलो स्थान हासिल गरेको छ। कुल खसेको एक सय १६ मत मध्ये संगठनले ५३ मत र संघले ४६ मधेशि संगठनले ५ र माओवादी निकटले २ मत र ४ मत बदर भएको संघका विभागीय अध्यक्ष शालिग्राम भण्डारीले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ