काठमाडौं। नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको ऐतिहासिक निर्वाचनको मतपरिणाम आउन सुरू भएको छ। निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्रबाट सम्पन्न भएको मतदानमा स्थानीय विकास मन्त्रालय विभागीय समितिमा एमाले निकट नेपाल निजामती कर्मचारी संगठन पहिलो भएको छ। उसले कूल खसेको २३२ मत मध्ये ११६ मत ल्याएको छ।
त्यसैगरी, दोस्रो हुनेमा नेपाल निजामती कर्मचारी युनियन (संघ)ले ९१ भोट पाएको छ, तेस्रो हुनेमा राष्ट्रिय कर्मचारी सङ्गठनले १६ मत र नेपाल मधेसी निजामती कर्मचारी मञ्चले ४ मत र स्वत्रन्त्र कर्मचारी मिलन केन्द्रले २ मत ल्याएको छ भने बाँकी ३ मत बदर भएको संघका विभागीय अध्यक्ष पदमप्रसाद अधिकारीले जानकारी दिए। अन्यत्रको मतपरिणाम पनि आउने क्रम जारी छ।