arrow

रुकुममा निर्वाचन सम्पन्न ३ सय ६२ मत खर्‍यो

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
rolpa-employee-election.jpg.jpeg
रुकुम। नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेडयुनियनको ऐतिहासिक निर्वाचन रुकुममा सम्पन्न भएको छ। विहान ९ बजेदेखि सुरू भएको निर्वाचनमा ३ सय ६२ मत खसेको निर्वाचन अधिकृत सँगीता ढुङ्गेलले बताईन। ४ सय ५ जना मतदाता रहेकोमा ४३ मत नखसेको उनको भनाई रहेको छ। साँझ ५ बजे सम्पन्न भएको निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन सँघ र नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामतीले रुकुममा भाग लिएका छन्। केहि समय अघिबाट मत गणना कार्य सुरु भएको छ । साँझ ७ बजेसम्म मत परिणम समेत आईसक्ने बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ