arrow

छोरी जिस्काएको निहुँमा बब्लुलाई वडाध्यक्षले दले कालोमोसो, लगाए जुत्ताको माला (भिडियो)

घटनाको वास्तविकता नबुझी वडाध्यक्षद्धारा न्यायिक प्रक्रिया विपरीत कालोमोसो दलेको सरोकारवालाहरुको भनाई 

logo
नारायण वली,
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
bablu1.jpg

रुपन्देही । रुपन्देही स्थित सम्मरीमाई गाउँपालिका वडा न–६ का वडाध्यक्ष सत्यनारायण केवटले आफ्नी छोरी जिस्काएको निहुँमा स्थानीय बब्लु केवटलाई चरम यातना दिएका छन् ।

छोरीलाई जिस्काएको निहुँमा जनप्रतिनिधि (वडाध्यक्षले) नै स्थानीय छिमेकी एक युवालाई चरम यातना दिएको भिडियोमा स्पष्ट देखिएको छ । जुन युवालाई कालोमोसो र जुत्ताको माला लगाई दिएको र वडाध्यक्षले केवटले लाठीले गाउँलेहरुको भिडमा हानिरहेको प्रष्ट देख्न सकिन्छ ।

वडाध्यक्ष केवटको नेतृत्वमा बुधबार बिहान २२ वर्षिय केवटलाई कालोमोसो दलेर कुटपिट गर्दै गाउँ समेत डुलाईएको घटना सार्वजनिक भएको हो । स्थानीय निकायको निर्वाचनमा नमस्तेको चुनाव चिन्ह लिएर वडाध्यक्षमा निर्वाचित भएका वडाध्यक्ष केवटले घटनाको वास्तविकता सत्यतथ्य नबुझी न्यायिक प्रक्रिया विपरीत कानुन हातमा लिएर सो युवालाई चरित्र हत्या हुन सक्ने सम्मको हर्कत गरेको त्यहाँका स्थानीय केही सरोकारवालाहरुले वताएका छन् ।  

यसविषयमा वडाध्यक्ष सत्यनारायण केवटलाई टेलिफोन सम्पर्क गर्दा तर उनको फोन उठ्न सकेन् । वडाध्यक्ष सत्यनारायण केवटकी छोरीले बुधबार एउटा सानो बच्चा खेलाइरहेको अवस्थावाट घटना शुरु भएको वुझिएको छ । 

यता बच्चा खेलाइरहेका बेला ती बच्चालाई आफूले म्वाई (किस) खाएको बब्लु केवटको भनाई छ । तर, सत्यनारायणकी छोरीले भने आफूलाई पनि म्वाई (किस) गरेको बब्लु केवट माथि आरोप लगाएकी छन् । कुटपीटका कारण बब्लुको कान, नाक र मुखबाट रगत आएको र म्वाई खाएको आरोप खेपेका तथा कुटपिटमा परेका वव्लु केवट सम्मरीमाई गाउँपालिका वडा नं.६ पचपेडवाका स्थानीय बासिन्दा हुन् । 

स्थानीयहरुका अनुसार, वडाध्यक्षको डरले गाउँहरु केही बोल्न नसक्ने भएकाले वडाध्यक्ष केवटले आफ्नो पदको दुरुपयोग गरी न्यायिक कानुनी प्रक्रियाको नितिलाई लत्याउँदै नजिकै रहेको प्रहरीलाई समेत बेखवर वनाएर कालोमोसो र जुत्ताको माला लगाएको वताईएको छ । तर, स्थानीयहरुले भने नजिकै रहेको प्रहरी प्रशासनलाई एउटा व्यक्तिलाई कालोमोसो लगाएर गाउँमा घुमाउँदा पनि वेखवर हुनु दुखद र असुरक्षितको महशुस भएको वताएका छन् । स्थानीयका अनुसार वडाध्यक्ष केवटले यसअघि पनि यसैगरी अन्य व्यक्तिहरुलाई कुटपिट गरेको रहस्य खुलेको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ