arrow

छिमेकी महिलालाई बलात्कार गर्ने रतुवामाई ३का वडासदस्य विनोद सिंह पक्राउ

logo
विवेक मिश्र,
प्रकाशित २०७७ कार्तिक १३ बिहिबार
arrest-final.jpeg

बेलबारी। मोरङको रतुवामाई नगरपालिका वडा नं ३ का वडासदस्य जबरजस्ती करणीको आरोपमा पक्राउ परेका छन् रतुवामाई नगरपालिका वडा नं ३ का वडा सदस्य समेत रहेका ३९ वर्षीय विनोद सिंह गनगाईले सोही वडाकी २५ वर्षिय एक महिलालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । 

पूर्व माओवादीबाट वडासदस्यमा निर्वाचित गनगाईले कार्तिक ९ गते सोही वडाकी छिमेकी एक महिलालाई धान खेतमा जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको इलाका प्रहरी कार्यलय सिझुवाका प्रहरी निरिक्षक विष्णु खड्काले बताए।

प्रहरीका अनुसार गनगाईले राती ती महिलालाई करिब ७:३० बजे खेतमा काम छ आउनु भनी बोलाएर धान खेतमा लडाएर कराउन समेत नदिई कपडा खोली जबरजस्ती करणी गरि फरार भएका गनगाईलाई इलाका प्रहरी कार्यलय सिझुवाले सोही रात करिब ११ बजे पक्राउ गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ