काठमाडौं । योजना आयोग र अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा काँग्रेस निकट कर्मचारीहरूले विजय हाँसिल गरेका छन् । बुधबार भएको नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको ऐतिहासिक निर्वाचनमा योजना आयोगमा कूल खसेको १ सय ७० मत मध्ये काँग्रस निक युनियनले ९६, एमाले निक संगठनले ६२, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले ३, राष्ट्रिय कर्मचारी संगठनले ८ मत ल्याएको छ भने तीन मत बदर भएको छ ।
त्यस्तैगरी , अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा पनि युनियनले विजय हाँसिल गरेको छ। अख्तियारमा कूल खसेको १ सय ५४ मत मध्ये युनियनले ९९ संगठनले ४६, माओबादी केन्द्र निकट कर्मचारी संगठन निजामतीले ७ र मधेशी मञ्चले २ मत पाएको छ । जसमा ५ मत बदर भएको युनियन संघका अध्यक्ष सुदर्शन चालिसेले जानकारी दिए । निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्रबाट सम्पन्न भएको थियो । त्यस्तै गरी महिला आयोगमा भने एमाओबादी निकट संगठन निजामतीले विजय हाँसिल गरेको छ । जसमा खसेको कूल २३ मत मध्ये निजामतीले १२, युनियनले ८ र संगठनले ३ मत पाएको संघका विभागीय अध्यक्ष शशी शंकर महर्जनले जानकारी दिए । अन्यत्रको मतपरिणाम पनि आउने क्रम जारी छ ।