arrow

मतपत्र र अर्धकट्टीमा संकेत नम्बर मिलेपछि ट्रेड युनियनको निर्वाचनमा बिबाद

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
Pachthar.jpeg.jpeg
फिदिम । निजामति कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनका लागि भइरहेको निर्बाचनमा पाँचथर छापिएका मतपत्रमा संकेत नम्बर भेटिएपछि बिबाद हुँदा केहिवेर मतदान रोकिएको छ । मतदातालाई दिइएका मतपत्रमा अर्धकट्टीको नम्बर भेटिएपछि धाँदली भएको भन्दै मतदाताले बिबाद गरेपछि करिब एकघण्टा मतदान प्रकृया स्थगित भएको हो ।
 
 निजामति कर्मचारी संघठनका केहि नेता र कार्यालय प्रमूखहरुले आफु मातहतका कर्मचारीलाई मतदान शुरु हुनभन्दा केहिवेर अगाडी आ–आफ्ना कार्यालयमा बन्द प्रशिक्षणमा राखी “हामीले भनेका ठाँउमा भोट दिए नदिएको हामी थाहा पाँउछौं, हामी भने अनुसार भोट नदिए जे पनि हुनसक्छ,सरुवा गरिदिन्छौं,वढुवा प्रकृया रोकिन सक्छ जस्ता धम्की दिएको सूचना बाहिर आइरहेका बेला मतपत्रमा सिरियल नम्बर भेटिएपछि मतदाता स्वयमले गोप्य मतदानमा प्रश्नचिन्ह खडा भएको भन्दै निर्वाचन अधिकृत समक्ष असन्तुष्टि जाहेर गरेपछि मतदान स्थगित गरिएको थियो ।
 
बिबाद पछि कर्मचारी संघठनका पदाधिकारीहरु र निर्बाचन अधिकारीको बैठकले कर्मचारीहरुमा छाएको त्रास न्युनिकरण गर्न मतगणना शुरु गर्नु अगावै अर्धकट्टी सिलवन्दी गरेर मात्रै मतपेटिका खोल्ने सहमति पश्चात पुनः मतदान सूचारु भएको छ । बिबादका कारण एकघण्टा रोकिएको मतदान ५ वजे सूचारु भएको थियो । मतदान समय ६ वजेसम्मका लागि बढाइएको सहायक निर्वाचन अधिकृत केशव प्रसाद रिजालले वताए ।
 
जिल्लावाट ३ सय ८६ मतदाताले मतदान गरेका छन् । बिहान ९ वजे शुरु भएको मतदानमा हालसम्म करिव ३ सय ६० जनाले खसाली सकेका छन । जिल्लामा नेपाल निजामति कर्मचारी युनियन (संघ)र नेपाल निजामति कर्मचारी संघठन प्रतिश्पर्धामा छन । यस्तै राष्ट्रिय कर्मचारी संघठन र मधेसी मञ्च पनि चुनावी मैदानमा छन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ