arrow

महिला तथा बालबालिका र निर्वाचन आयोगमा संगठन विजयी

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
vote.jpg.jpeg
काठमाडौं । महिला तथा बालबालिका र निर्वाचन आयोगमा एमाले निकट कर्मचारीहरूले विजय हासिल गरेका छन् । बुधबार भएको नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको ऐतिहासिक निर्वाचनमा निर्वाचन आयोगमा कूल खसेको मत मध्ये एमाले निकट संगठनले ४६, काँग्रेस निकट संघले ४० र राष्ट्रिय कर्मचारी संगठनले ११ मत ल्याएको छ। 
 
त्यस्तैगरी , महिला तथा बालबालिका मन्त्रालयमा पनि संगठनले विजय हासिल गरेको छ। उक्त मन्त्रालयमा खसेको कूल ९२ मतमा संगठनले ४८, युनियनले २०, राष्ट्रिय कर्मचारी संगठन निजामतीले १६ र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले १ मत पाएको छ भने ५ मत बदर भएको संघकी विभागीय अध्यक्ष कल्पना ढुङ्गानाले जानकारी दिईन्। निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभाग गरी ११७ स्थानमा १२९ मतदान केन्द्रबाट सम्पन्न भएको निर्वाचनको मतपरिणाम जारी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ