arrow

सामाजिक क्षेत्रमा काम गर्दै आएका क्यान्सर पीडित पन्तको निधन

logo
प्रकाश बम,
प्रकाशित २०७७ कार्तिक १४ शुक्रबार
kritiraj-panta.PNG

डोटी । सामाजिक क्षेत्रमा लामो समदेखी काम गर्दै आएका क्यान्सर पीडित कृतिराज पन्तको निधन भएकोछ । डेढ वर्षदेखि घाटिको क्यान्सरबाट पीडित पन्तको उपचारका क्रममा  विहीबार राति १२ बजे हरिसिद्दी क्यान्सर अस्पताल काठमाडौंमा उनको निधन भएको पारिवारिक श्रोतले जानकारी दिएको हो ।

डोटीको शिखर नगरपालिक -९ जैनोली निवासी पन्तको शुक्रबार पशुपति आर्यघाटमा हिन्दु परम्पराबाट दाहसस्कार गरिएको पारिवारिक श्रोताले जनाएको छ । सामुदायिक बिकास केन्द्र डोटीका पुर्ब कार्यकारी निर्देशक समेत रहेका पन्तको निधन पछि सामुदायिक बिकास केन्द्र नेपाल (सिडिसी)का अध्यक्ष हेमराज जोशीले शोक बक्तब्य जारी गरेका छन् ।

संस्थाको संस्थागत विकास, समन्वय तथा सम्बन्ध विस्तार लागी स्व. पन्तले गरेको योगदान प्रति संस्था सदैव कृतज्ञ रहने शोक व्यक्तब्यमा भनिएको छ। अध्यक्ष जोशीद्वारा हस्ताक्षर शोक बक्तब्यमा,' यो अपुरणिय क्षति संस्थाका लाई सदैब खड्की रहनुका साथै यहाँले सुरु गरेका असल अभ्यासहरु संस्थाका लागी मार्गदर्शन हुनेछ भनीएको छ ।' यस दु:खद घडीमा शोक सन्तप्त परिवारजनमा गहिरो हार्दिक समवेदना प्रकट गर्दै, मृत आत्माको चीर शान्तिको कामना गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु शोक बक्तब्यमा उल्लेख गरिएको छ ।

उनले अक्टोवर ४ गते खेम भण्डारी संघ म्यासेन्जरमा कुरा गर्दै आफूलाई निको हुदैछ। तीन महिना डाक्टरले काठमाडौ बस्न सुझाएको कुरा गरेका थिए । 

विं.सं. २०३४ सालमा डोटीमा जन्मिएका पन्त २० वर्ष देखि सामाजिक क्षेत्रमा तथा बिभिन्न अन्तराष्ट्रिय गैर सरकारी संस्थामा कार्यरत थिए । समाजसेवीका रुपमा परिचित पन्तको निधन भए संगै विभिन्न ब्यक्तीहरुले सामाजिक संजालमा दु:ख व्यक्त गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छन् । पन्तका श्रीमतीसहित दुई छोरा छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ