arrow

सिंचाई मन्त्रालय काँग्रेसको पोल्टामा, महान्यायाधिवक्ता एमालेकै पोल्टामा

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
trade-unioun-4.JPG.jpeg
काठमाडौं। सिंचाई मन्त्रालयमा काँग्रेसी कर्मचारीहरू विजयी भएका छन्। बुधबार भएको नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको ऐतिहासिक निर्वाचनमा सिंचाई मन्त्रालयमा निजामती कर्मचारी युनियन संघले विजय हाँसिल गरेको छ। सिंचाईमा कूल खसेको १ सय ६० मत मध्ये युनियनले ७३, संगठनले ७१, राष्ट्रिय कर्मचारी संगठनले ९ र मधेशी मञ्चले ३ मत पाएको सिंचाई विभागका इन्जिनियर कमल प्रसाद सिटौलाले जानकारी दिए।
 
महान्यायाधिवक्ताको कार्यालयमा कूल खसेको ८३ मतमध्ये एमाले निकट कर्मचारी संगठनले ४४, काँग्रस निकट युनियनले ३३,  माओवादी निकट राष्ट्रिय कर्मचारी संगठनले ५ मत ल्याएको छ भने १ मत बदर भएको संघका सर्वाेच्च अदालत विभागीय कार्यसमितिका अध्यक्ष भुवनप्रसाद घिमिरेले जानकारी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ