दशैंमा पनि थन्किए यातायातका साधन, पार्किङमै खिया लाग्न थाल्यो


प्रकाशित

बेलबारी। कोरोना भाइरसको सक्रमणबाट बच्न गरिएको बन्दाबन्दीका कारण गत चैत ११ गतेदेखि सार्वजनिक यातायात ठप्प थिए। झन्डै सात महिना पछि गत असोज १ गतेबाट लामो तथा छोटा दुरीका सार्वजनिक सवारी साधन संचालन आएपनि यात्रु नहुँदा दशैंमा पनि अधिकाश यातायातका साधन सडकमा गुड्न सकेनन् । बरु लामो समयदेखी पार्कीङ क्षेत्रमा थन्किएका सार्वजनिक सवारीका साधनहरुमा खिया लागेर बिग्रन थालेका छन् ।

गाडी संचालन गर्ने अनुमति सरकारले दिएपछि केहि दिन यात्रु पर्खेर यातायातका साधन संचालन गरेपनि दैनिक डिजेल हाल्ने बराबरको पैसा समेत नउठेपछि पुन पार्कीङ क्षेत्रमा नै थन्काइएको बेलबारीका यातायात व्यवसायी शंकर गुरुङ बताउँछन् । 'अघिल्ला बर्षहरुका दशैंमा गाडी भित्र यात्रुहरु खचाखच भएका कारण खुटा टेक्न ठाँउ समेत हुदैन थियो यो बर्ष दिनभरी कुदाउदा पनि ५० जना यात्रु पाउन मुस्कील छ,' उनले भने, 'सवारीका साधन नचले पनि बैंक तथा बित्तिय संस्थाहरुले गाडीको किस्ता तिर्न ताकेत गरेर हैरान पारेका छन् ।' गुरुङले लकडाउन हुँदा बन्द भएका सार्वजनिक सवारीका साधन खुले पनि यात्रु नुहुँदा राखेकै ठाँउमा सवारी साधन बिग्रने अबस्थामा पुगिसकेका बताए । सार्वजनिक यातायात व्यवसायीहरु कोरोनाको सबैभन्दा ठूलो मारमा परेको गुरुङले गुनासो गरे।

अहिले पनि यातायात सडकमा नगुडेपछि कति ग्यारेजमा थन्किएका छन् भने कति सवारी भने ग्यारेजको अभावमा सडक वा खुला स्थानमा राखिएका छन् । ग्यारेज गरिएका साधनका पार्टपुर्जामा धेरै समस्या नभएपनि खुला रुपमा सडक वा अन्य स्थानमा राखिएका सवारीको टायर लगायत पार्टपुर्जा फेर्नुपर्ने अवस्थामा पुगेको ब्याबसायिहरु बताउँछन् ।

यता ट्राफिक प्रहरीले लकडाउन खुले पनि सार्वजनिक सवारीका साधन गत बर्षको तुलनामा आधा पनि नचलेको जनाएको छ । एक नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यलय इटहरीका प्रवक्ता डिएसपी सुमन तिम्सीनाका अनुसार सार्वजनिक यातायात केहि मात्रामा चलेतापनि यात्रुहरुले विगतका वर्षहरुमा झै प्रयोग नगरेको बताए । डिएसपी तिम्सीनाका अनुसार यातायात मजदुर, यातायात व्यवसायी र ट्राफिक प्रहरीको संयुक्त पहलमा लागु गरिएको टाइम कार्डका कारण दुर्घटनामा केहि मात्रामा कमि आएको बताउँछन् ।


प्रतिक्रिया :

नयाँ