arrow

बझाङमा एमाले निकट संगठन विजयी

logo
शैलेन्द्र रोकाया,
प्रकाशित २०७३ जेठ १९ बुधबार
bajhang.jpg.jpeg
बझाङ। नेपाल निजामति कर्मचारीको आधिकारीक ट्रेड युनियनमा बझाङ जिल्ला बाट नेपाल निजामति कर्मचारी संगठन विजयी भएको छ । बुधबार भएको ट्रेड युनियनको निर्वाचनमा कर्मचारी संगठनले १६६ मत ल्याएर विजयी भएको हो । 
 
यसका साथै कर्मचारी युनियन संघले ११७ मत र राष्टिय कर्मचारी संगठन २५ मत र मधेशि कर्मचारी संगठनले ३ मत ल्याएको थियो । ३५० कर्मचारी मतदाता संख्या रहेको बझाङ जिल्लामा ३२६ मत खसेका र १५ मत बदर भएको निर्बाचन अधिकृत मोहनि प्रसाद जोशीले जानकारी दिए । तिन वटा संगठन ले आधिकारीक रुपमा चुनावी मैदानमा सहभागी भएका थिए । ११ जना कार्य समीती रहने संगठनबाट शेर बहादुर विष्ट अध्यक्ष हुने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ