arrow

निजामती ट्रेड युनियनको निर्वाचन सम्पन्न, रातभर मतगणना हुने

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
trade-unioun-3.jpg.jpeg
काठमाडौँ । निजामती कर्मचारीको आज भएको आधिकारिक ट्रेड युनियनको निर्वाचन देशभर शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । 
 
प्रमुख निर्वाचन अधिकृत गीताप्रसाद तिमिल्सिनाले प्रारम्भिक विवरणअनुसार ८० प्रतिशतभन्दा बढी मत खसेको जानकारी दिए । निर्वाचनका लागि ७५ जिल्ला र ४२ विभागमा १२९ मतदान केन्द्रको व्यवस्था गरिएको थियो । कार्यालय प्रमुख नरहेका शाखा अधिकृत र सोभन्दा तल्लो तहका ५५ हजार ३२९ निजामती कर्मचारीले मतदान भाग लिएका थिए । 
 
निर्वाचन अधिकृत तिमिल्सिनाले २४ स्थानको मतगणना सकिएको र अन्य स्थानको पनि रातभर मतगणना हुने जानकारी दिए । भोलिसम्ममा मत परिणाम आउने अपेक्षा गरिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठन, नेपाल निजामती कर्मचारी युनियन (सङ्घ), नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन निजामती, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र, नेपाल मधेसी निजामती कर्मचारी मञ्च र राष्ट्रिय कर्मचारी सङ्गठनले निर्वाचनमा भाग लिएका छन् । 
 
निर्वाचनमा प्रथम स्थान ल्याउनेले अध्यक्ष र कोषाध्यक्ष, द्वितीय हुनेले महासचिव र तृतीय हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पाउने व्यवस्था छ । यसैबीच, पाँचथरमा मतपत्रमा अर्धकट्टीको नम्बर भेटिएपछि विवाद भएको छ । विवादका कारण रोकिएको मतदान अपराह्न ५ बजे मात्रै सुरु भएको छ । ढिला गरी मतदान सुरु भएका कारण साँझ ६ बजेसम्म मतदान गर्न दिने व्यवस्था गरिएको थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ