arrow

दोलखा, सिन्धुली र सिन्धुपाल्चोकमा संगठन विजयी

logo
प्रकाशित २०७३ जेठ १९ बुधबार
trade-unioun-4.JPG.jpeg
काठमाडौं । दोलखा, सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा एमाले निकट कर्मचारी संगठन विजयी भएको छ । बुधबार भएको नेपाली निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनको ऐतिहासिक निर्वाचनमा दोलखामा नेपाल निजामती कर्मचारी संगठन १ सय ८१ नेपाल निजामती कर्मचारी युनियन (संघ) ९८, नेपाल राष्टिय कर्मचारी संगठन ९५, राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र २ र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले ७ मत ल्याएका छन् । 
 
त्यस्तै, सिन्धुली जिल्लामा नेपाल निजामती कर्मचारी संगठनले २ सय २६, नेपाल निजामती कर्मचारी युनियन (संघ) १ सय ४५, नेपाल राष्ट्रिय कर्मचारी संगठन ३० र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र ५ र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले ३७ मत ल्याएका छन् । 
 
त्यसैगरी, सिन्धुपाल्चोक जिल्लामा नेपाल निजामती कर्मचारी संगठनले १ सय ८८, नेपाल निजामती कर्मचारी युनियन (संघ) ले १ सय २५ नेपाल राष्ट्रिय कर्मचारी संगठनले ४८ र राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्रले ८ मत पाएको छ भने नेपाल मधेशी निजामती कर्मचारी मञ्चले चार मत पाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ