arrow

सांसद केसीको निधनमा पोखरा महानगर बन्द

logo
प्रकाशित २०७७ कार्तिक १८ मंगलबार
surya-bahadur-kc1.jpg

कास्की । प्रतिनिधिसभाका सदस्य एवं तत्कालीन पोखरा नगर पञ्चायतका प्रमुख सूर्यबहादुर केसीको निधन भएपछि उनको सम्मानमा मंगलबार पोखरा महानगरको सेवा बन्द गरिएको छ ।

महानगरपालिकाले एक विज्ञप्ति जारी गरी स्व केसीका सम्मानमा महानगर नगर कार्यपालिका कार्यालय र सबै वडा कार्यालय बन्द रहने जनाएको छ । विज्ञप्तिमा केसीको निधनले महानगरपालिकालाई स्तब्ध बनाएको र प्रतिष्ठित उद्योगीका रुपमा परिचित उनले पोखराको विकासमा पुर्‍याएको योगदानलाई सदा स्मरण गरिने उल्लेख छ ।

नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यसमेत रहनुभएका सांसद केसीको यही कात्तिक १७ गते राति १० : ३० बजे ६३ वर्षका उमेरमा आफ्नै निवास मुस्ताङचोकमा निधन भएको थियो । सांसद केसी पोखराका प्रतिष्ठित उद्योगीसमेत थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ