arrow

मोरङमा सबैभन्दा धेरै मत बदर, सुनसरी र पाल्पाको पनि मतपरिणाम आयो

logo
प्रकाशित २०७३ जेठ २० बिहिबार
morang-j.jpg.jpeg
काठमाडौं । निजामती कर्मचारीको आधिकारीक ट्रेड युनियनको निर्वाचनमा सुनसरी र मोरङ जिल्लामा पनि एमाले निकट संगठन भारी मतले विजयी भएको छ । जिल्ला कार्य समिति सुनसरीमा एमाले निकट कर्मचारी संगठनले काँग्रेस निकट युनियनलाई भारी मतान्तरले हराएको हो । बुधबार भएको निर्वाचनमा संगठनले कूल खसेको ९ सय ५८ मत मध्ये ४ सय ८८ मत प्राप्त गर्दा युनियनले जम्मा २ सय १५ मत प्राप्त गरेको छ । त्यसैगरी, राष्ट्रिय कर्मचारी संगठन ५१, मिलन केन्द्र ७३ र मधेशीले १०७ मत पाए भने २७ मत बदर भएको थियो । 
 
उता, मोरङ र पाल्पामा पनि एमाले निकट कर्मचारीहरू भारी मतान्तरले विजयी भएका छन् । पाल्पामा संगठनले २ सय ६० मत ल्याउँदा युनियनले १ सय ७८ मत ल्याएको छ भने माओबादी निकट राष्ट्रिय कर्मचारी संगठनले ५९ मत प्राप्त गरेको छ ।
 
मोरङमा कूल खसेको १३६२ मतमा संगठनले ६ सय ४, युनियनले ४ सय ५, राष्ट्रिय कर्मचारी संगठन ८४, मधेशी मञ्च १५० र कर्मचारी मिलन केन्द्रले ६३ मत ल्याएको छ भने ५४ मत बदर भएको छ । पाल्पामा संगठनको १ सय ७६, युनियनको ६४, राष्ट्रिय कर्मचारी संगठनको ३३, मधेशी मञ्चको २६ र मिलन केन्द्रको ४३ मत आएको छ भने कूल ४ सय १६ मतमा १५ मत बदर भएको छ । अहिलेसम्म प्राप्त मत परिणाम अनुसार सबैभन्दा बढी मत मोरङमा बदर भएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ