arrow

संक्रमित थपिएसँगै फिदिममा लकडाउन

logo
प्रकाशित २०७७ कार्तिक १९ बुधबार
Phidim_Nagarpalika.png

पाँचथर । पाँचथरको फिदिममा बुधबार एकैदिन १४ जना कोरोना संक्रमित थपिएपछि पन्ध्र दिनका लागि बन्दाबन्दी जारी गरिएको छ । 

जिल्ला प्रशासन कार्यालय र फिदिम नगरपालिकाले छुट्टाछुट्टै सूचनामार्फत बुधबार मध्यरातबाट आगामी मङ्सिर १२ गतेसम्मका लागि बन्दाबन्दी जारी गरिएको जनाएको छ । 

जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सो नगरपालिकाभित्र अत्यावाश्यक बाहेकका व्यवसाय तथा सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो । 

सहायक प्रमुख जिल्ला अधिकारी नारायण न्यौपानेका अनुसार फिदिम नगरपालिका हुँदै मेची राजमार्गबाट अन्य जिल्लाका लागि भने सवारी सञ्चालन हुन पाउने छन् । प्रशासनले अत्यावाश्यक बाहेकका दुई पाङ्ग्रे सवारीका साधन समेत सञ्चालनमा रोक लगाएको छ । 

नगरप्रमुख ओनाहाङ नेम्वाङले कन्ट्र्याक ट्रेसिङमा परेकालाई संयमता अपनाई एकान्तमा बस्न आग्रह गरेका छन् । जिल्लामा सक्रिय संक्रमितको संख्या २४ पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ