arrow

अख्तियारले सञ्चार विज्ञमा अधिकारीलाई चुन्यो

logo
प्रकाशित २०७३ जेठ २० बिहिबार
Sarad_Adhikari.jpg.jpeg
काठमाडौं । लामो समयदेखि पत्रकारिता तथा जनसञ्चारको क्षेत्रमा कार्यरत रहेको अनुभवी पत्रकार एवं लेखक शरद अधिकारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगको जनसम्पर्क तथा सञ्चार विज्ञमा नियुक्त भएका छन् । विभिन्न आमसञ्चारमा संलग्न रहँदै विभिन्न क्याम्पसहरूमा अध्यापन समेत गराएका अधिकारीले लामो समयदेखि मानवीय अभिरूचीको विषयमा समेत कलम चलाउँदै आएका थिए । उनीसँग राष्ट्रिय प्रकृति संरक्षण कोषमा जनसम्पर्क अधिकृतको रुपमा काम गरेको अनुभव समेत रहेको छ । उनलाई अख्तियारले सञ्चार विज्ञको रूपमा गत आईतबारदेखि नियुक्ति दिएको हो । 
 
विशेषगरी खोज पत्रकारितामा विशेष दख्खल राख्ने तथा भ्रष्टाचारजन्य गतिविधिको विरोधमा खरो उत्रने अधिकारी स्वर्गीय बारबरा एडम्सले स्थापना गरेको ‘बारबरा एडम्स खोजी पत्रकारिता सम्मान’ को सञ्चालक समितिमा पनि संलग्न छन् । उक्त पुरस्कार भ्रष्टाचारजन्य गतिविधि विरूद्ध कलम चलाउने पत्रकारले पाउने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ