arrow

पौडेल दाजुभाइ मृत फेला, कारण खुलेन 

logo
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
drowning.jpg

कावासोती । दुई दिनदेखि हराइरहेका दाजुभाइ मृतावस्थामा फेला परेका छन् । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको गैँडाकोट नगरपालिका–२ का २६ वर्षीय विजयबाबु पौडेल र उनका भाइ २१ वर्षीय सङ्गम पौडेल बुधबार साँझ मृतावस्थामा फेला परेका हुन् ।

जिल्लाप्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्लका अनुसार सोमबार बिहानदेखि उनीहरू हराएका थिए । 

दुवै जनाको शव बुधबार साँझ करिब सात बजेको समयमा गैँडाकोट–३ स्थित जयश्री खोलाको बाँधमा फेला परेको हो । प्रहरी उपरीक्षक मल्लका अनुसार एक जनाको शव खोलाको बाँधमा तैरिएको र अर्कोको शव डुबेको अवस्थामा फेला परेको हो । 

दुई दिनदेखि हराइरहेका उनीहरुको खोजी गर्ने क्रममा मृतावस्थामा फेला परेको प्रहरी उपरीक्षक मल्लले बताए । मृत्युको कारणबारे अनुसन्धान भइरहेको उनले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ