arrow

झापामा एकैदिन एक सय उन्नाइसमा कोरोना, संक्रमित हुनेमा दुई महिने शिशु पनि

logo
युबराज रेग्मी,
प्रकाशित २०७७ कार्तिक २० बिहिबार
jhapa.jpg

 झापा । झापामा बिहिबार एकैदिन अहिलेसम्मकै धेरै एक सय उन्नाइस जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । संक्रमित हुनेमा  ५१ जना  महिला र ६८ पुरुष रहेका छन ।

बिहिबार बिहिबार थपिएका संक्रमितहरु दुई महिने शिशु देखि ९२ वर्ष सम्मका सबै स्थानिय रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । संक्रमित शिशु गौरादह नगरपालिकाका रहेको  स्वास्थ्य कार्यालयको रिपोर्टमा उल्लेख गरिएको छ ।

संक्रमितहरुमा दमक नगरपालिकाका ४८, बिर्तामोडका २९, भद्रपुरका ३, मेचीनगरका ३, अर्जुनधाराका ४, कन्काइका ३, गौरादहका ६, बुद्धशान्तिका ५, हल्दिबारीका ५, कमलका  १० र शिवसताक्षीका ३ गरि ११९ जना रहेको स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईंले बताए।

हाल झापामा कुल संक्रमितको संख्या दुई हजार तीन सय बैसठ्ठी पुगेको छ भने डिस्चार्ज हुनेको संख्या एक हजार ४१२ पुगेका  छ । त्यसैगरि  हाल सम्म  झापामा ८९३ जना सक्रिय संक्रमित रहेका छन् ।

झापामा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु  हुनेमा बिर्तामोड नगरपालिका ३ का ४२ बर्सिय महिला हुन ।  यो सँगै झापामा ज्यान गुमाउनेको संख्या ५७ जना  पुगेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ