एजेन्सी । सन्नी लियोनले डेनियल वेबरसँग जनवरी २००९ मा विवाह गरेकि हुन् । एक भारतीय टिभिसँग अन्तरवार्ताको क्रममा अभिनेत्री सन्नीले खुशी रहन र सफल विवाहको कडि सम्झौता रहेको बताएकी छन् ।
सफल विवाहको रहस्य बारे सोधिएको प्रश्नमा उनले भनिन् , सफल विवाहको रहस्य विश्वास र सम्झौता हो । म 'हेप्पी वाइफ, हेप्पी लाइफ' को भनाइमा विश्वास राख्छु । तर सफल विवाह अर्थ सम्झौता, बिना शर्त माया , एक- अर्कासँगको संवाद र विश्वास हो ।'
'एक पहेली लीला' चलचित्रकी अभिनेत्रीले भनिन्,' राम्रो र लामो समय सम्म वैवाहिक जीवनलाई कायम राख्न सम्झौता आवश्यक छ ।' सन्नीको वास्तविक नाम करणजीत कौर वोहरा हो ।