arrow

बार एसोसिएसनको नेतृत्वका लागि डीएलए र पीएलएबीच कडा टक्कर, मतदान हुँदै 

logo
प्रकाशित २०७७ कार्तिक २१ शुक्रबार
bar-association.jpg

चितवन । चितवन जिल्ला अदालत बार एसोेसिएसनको २१ औँ जिल्ला अधिवेशनमा दुई समूह नेतृत्वका लागि प्रतिस्पर्धामा रहेका छन् । शुक्रबारको अधिवेशनले दुई वर्षे कार्यकालका लागि १३ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । 

नेतृत्व चयनका लागि बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुँदैछ । कार्यसमितिका लागि २७ जना र आठ जनाको केन्द्रिय पार्षदका लागि १६ जनाको उम्मेदवारी परेको छ । 

प्रगतिशील तथा पेशागत कानून व्यवसायी सङ्गठन (पिएलए) र नेपाल प्रजातान्त्रिक कानून व्यवसायी सङ्घ (डिएलए) निर्वाचनका लागि समूह बनाएर नै निर्वाचनमा लागेका हुन् । अध्यक्षमा पिएलएका रामकृष्ण अधिकारी र डिएलएका डा हरिहर पोखरेल प्रतिस्पर्धामा छन् । 

उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । पिएलएका रामचन्द्र देवकोटा, डिएलएका मुन्ना विक्रम खाती र स्वतन्त्रबाट बद्री गौतम छन् । 

पिएलए र डिएलएबाट क्रमशः सचिवमा विनोद मिश्र र श्रीराम दवाडी, कोषाध्यक्षमा बद्रीनाथ पण्डित र बलराम पौडेल, सहसचिवमा शोभा भट्टराई र पृथ्वीदेवी सुवेदी छन् । नेतृत्व चयनका लागि १९८ जनाले मतदान गर्ने बारले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ