arrow

जङ्गली च्याउ खाँदा पाँचथरमा नौको मृत्यु

logo
प्रकाशित २०७३ जेठ २० बिहिबार
musroom.jpg.jpeg
पाँचथर । जङ्गली च्याउ खाएर थप आज एक बालकको मृत्यु भएको छ । 
 
मृत्यु हुनेमा थर्पु–६ बस्ने धनबहादुर मावोका पाँच वर्षीय छोरा प्रशान्त छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उनको उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । गए राति मात्रै फिदिम–३ जैसीडाँडा बस्ने १४ वर्षीय निशेष राईको मृत्यु भएको थियो । 
 
सोसँगै पाँचथरमा १० दिनको अवधिमा जङ्गली च्याउ खाएर मात्रै नौ जनाको मृत्यु भइसकेको छ । अन्य विभिन्न गाविसका गरी आठ बिरामी उपचाररत छन् । च्याउ खाएर बिरामी हुनेको धरानको घोपा, झापाको आम्दा र विराटनगरको नोबेल अस्पतालमा उपचार भइरहेको छ । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ