arrow

सीमा निरीक्षण गर्न हुम्ला पुगेका कर्णालीका मुख्यमन्त्री शाही घोडाबाट लडे

उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगियो

logo
जनकबहादुर शाही,
प्रकाशित २०७७ कार्तिक २२ शनिबार
mahendra-shahi-karnali.jpg

हुम्ला । सिमा निरिक्षणका लागि हुम्ला पुगेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही घोडाबाट लडेर घाइते भएका छन् । शुक्रबार मुगु हुँदै हुम्ला पुगेका मुख्यमन्त्री शाही घोडा चढेर सिमकोट गाउँपालिका ३ को तोर्पा जाने क्रममा हुडिक गाउँ नजिकै लड्दा टाउकोमा चोट लागेर घाईते भएका हुन् । घाईते मुख्यमन्त्री शाहीलाई माउण्टेन एयरको हेलिकप्टरमा उपचारका लाग सुर्खेत लगिएको छ ।

शनिबार मुख्यमन्त्री शाहीको हिल्सा र लिमी जाने कार्यक्रम रहेको भएपनि हेलिकोप्टरलाई उडान अनुमति नआएपछि हिल्सा र लिमी जाने कार्यक्रम आईतबारका लागि सरेपछि सदरमुकामबाट सिमकोट गाउँपालिका वडा तीनको तोर्पा, बरगाउँ र लिमाटाङ्गमा रहेका योजना अनुगमन गर्न गएका मुख्यमन्त्री शाही जाने क्रममा हुडिक गाउँ नजिकै खोलामा घोडाबाट लडेर घाइते भएका हुन् ।

सदरमुकामबाट गाडीमा सवार भएका मुख्यमन्त्री शाहीलाई यहाँका स्थानीय लामा समुदायहरुले घोडामा चड्नका लागी स्वागत गरेपछि उक्त घोडाबाट लडेर मुख्यमन्त्री शाही घाइते भएका हुन् । मुख्यमन्त्री शाहीले चडेको घोडा तर्सिदा लडेर घाइते भएका शाहीको अबस्था भने सामान्य रहेको मुख्यमन्त्री सचिवालय श्रोतले जनाएको छ ।

मुख्यमन्त्री शाहीलाई सिमकोटबाट गएको हेलिकप्टरले सिमकोट ३ बरगाउको बागचाल्नाबाट उद्धार गरी सदरमुकाम ल्याइ थप उपचारका लागि सुर्खेत लगिएको छ । मुख्य शाहीसँगै कर्णाली प्रदेशसभा प्रतिपक्षदलका नेता एबं काँग्रेस केन्द्रीय सदस्य जीवन बहादुर शाही, नेकपाका केन्द्रिय सदस्य विजय भण्डारी, कर्णाली प्रदेशका प्रवक्ता एबं कृषि मन्त्री बिमला केसी लगायतका नेता तथा कार्यकर्ताको पनि उपस्थिती रहेको थियो ।

यसअघी पहिलो पटक कर्णाली प्रदेश सरकारका मुख्य मन्त्री महेन्द्रबहादुर शाही लावालस्कर बिनै हुम्ला आइपुगेका थिए । यसअघि हुम्ला आउँदा मन्त्री र प्रदेशसभा सांसदका साथ लावालस्कर लिएर आउने गरेका मुख्यमन्त्री शाही कुनै मन्त्री साथै नलिएर शुक्रबार हुम्ला सदरमुकाम सिमकोट पुगेका थिए । संघ र प्रदेश सरकारबाट सम्पन्न भएको कार्यहरुको अनुगमन गर्ने क्रममा मुगु हुँदै मुख्य मन्त्री शाही हुम्ला आएका थिए ।

जिल्लामा संघ तथा प्रदेश सरकारबाट संचालन भएका योजनाको अनुगमन गर्न र पछिल्लो समय चीनसँग सिमा जोडिएको हुम्लाको लिमीको ललोङजोङ्ग र हिल्सामा नेपाली भूमि मिचिएको सीमा विवाद बाहिर आए पछि सो सिमानाको निरिक्षण गर्न मुख्यमन्त्री शाही एक्लै हुम्ला आएका थिए ।

शुक्रबार नै हेलिकोप्टरबाट लिमि लाप्चा र हिल्सा जाने कार्यक्रम तय भएपनि हेलिकोप्टरलाई उडान अनुमति नभएपछि मुख्यमन्त्री शाहीको लिमि लाप्चा र हिल्सा जाने कार्यक्रम स्थगित भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ