arrow

सामुदायिक विकास केन्द्रमा फेरि जोशी

logo
प्रकाश बम, 
प्रकाशित २०७७ कार्तिक २३ आइतबार
cdc-doti.jpg

डोटी । सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको अध्यक्षमा निवर्तमान अध्यक्ष हेमराज जोशी चयन भएका छन् । गैर सरकारी संस्था सिडिसीको १२ औं अधिवेशनबाट जोशीको नेतृत्वमा ११ सदस्यीय समिति सर्वसम्मत गठन गरिएको छ ।

संस्थाको उपाध्यक्षमा सुनिल घर्ती, महासचिवमा माधवराज पन्त, सचिवमा निर्मला रोस्यारा, कोषाध्यक्षमा कृष्णबहादुर विक चयन भएका छन् । सदस्यहरुमा टेकराज अवस्थी, मिनराज ओझा, रमेश नागरी र कलावली नौन्याल चयन भएका छन् । बाँकी २ सदस्यपछि मनोनित गर्ने अध्यक्ष जोशीले जानकारी दिए ।

साधारण सभाको उद्घाटन सत्रमा शिखर नगरपालिकाका नगर प्रमुख सिताराम जोशी प्रमुख अथिति रहेका थिए । कार्यक्रममा शिखर नगरपालिकाका नगर उपप्रमुख धौली देवी रावल र सामुदायिक विकास केन्द्र, डोटीका संस्थापक अध्यक्ष हरिप्रसाद पन्त लगायतको उपस्थिति रहेको थियो ।

संस्थाका महासचिव माधबराज पन्तले बार्षिक प्रतिवेदन पेश गरेको कार्यक्रममा संस्थाका कोषाध्यक्ष कृष्णबहादुर विकले आर्थिक प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा बोल्दै प्रमुख अथिति शिखर नगरपालिकाका नगर प्रमुख जोशीले शिखर नगरपालिकामा स्थापना भएको संस्थाले आज जिल्ला र प्रदेश हुँदै राष्ट्रिय स्तरमा पनि राम्रो काम गरेको बताउँदै आगामी दिनमा पनि बालबालिकाको शिक्षा, बाल अधिकारको विकासमा जोड दिने विश्वास व्यक्त गरे ।

संस्थाको भवन उद्धाटन
यसैबीच संस्थाको नव निर्मित भवनको पनि उद्घाटन गरिएको छ । दिपायल सिलगढी नगरपालिका –६ सिलगढीमा निर्माण भएको उक्त भवनको संस्थाका संस्थापक अध्यक्ष पन्तले उद्घाटन गरेका हुन् ।

संस्थाका निवर्तमान अध्यक्ष जोशीको अध्यक्षतामा भएको कार्यक्रममा नगरविकास समितिमा पूर्व अध्यक्ष सुशिल घर्ती, गैसस महासंघ डोटीका अध्यक्ष रघु कठायत लगायतको उपस्तिथि रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ