arrow

अवैध हतियारसहित भीम पक्राउ

logo
श्रीकृष्ण सिग्देल, 
प्रकाशित २०७७ कार्तिक २४ सोमबार
IMG_2853.JPG

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले लुकाई छिपाई राखिएका अबैध हतियारप्रति निगरानी बढाएको छ । बिना इजाजत लुकाई राखेका हातहतियारप्रति स्याङ्जा प्रहरीले निगरानी बढाउन थालेको हो । 

आईतवार स्याङ्जा प्रहरीले बिरुवा गाँउपालिकाबाट अबैध हतियारसहित एक जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता प्रहरी नायव उपरिक्षक राजेन्द्र प्रसाद अधिकारीले दिएको जानकारी अनुसार बिरुवा गाँउपालिका २ बेसारे डाँडा बस्ने बर्ष ३३ का भीमबहादुर गुरुङलाई हतियार सहित पक्राउ गरेको जानकारी दिए । 

विशेष सुराकीको आधारमा प्रहरीले गुरुङको घरगोठ खानतलासी गर्दा गोठमा काठको खलियामाथि सुकेको खरको घाँस र सुकेको मकैको डाठभित्र लुकाई राखेको अवस्थामा अवैध हतियार फेला परेको प्रवक्ता अधिकारीले बताए । 

प्रहरीले गुरुङले लुकाई राखेको अवस्थामा एक नाले बन्दुक १ थान, भरुवा बन्दुकको नाल २ थान, फलाम र सिसाको जस्तो देखिने छर्रा १२ थान र ५५ ग्राम बारुद बरामद गरेको छ । 

बरामद सामग्रीसहित गुरुङलाई पक्राउ गरी जिल्ला अदालतबाट ७ दिनको म्याद थपेर थप अनुसनधान भएको प्रहरीले जनाएको छ । 

‘अवैध हातहतियारबाट चोरी शिकारीदेखि मानवीय घटना हुन सक्छ’, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक होविन्द्र बोगटीले भने, ‘शान्तिसुरक्षा मजबुद बनाउन जिल्ला प्रहरी स्याङ्जा अबैध हातहतियार बरामद गर्न लागिपरेको छ ।’

जिल्लाको शान्तिसुरक्षामा प्रहरीले कुनै कशुर बाँकी नराखेर काम गर्ने प्रहरी प्रमुख बोगटीले बताए । बोगटी प्रहरी प्रमुख भएर स्याङ्जा आएपछि अबैध हतियार, फरार अभियुक्त र अबैध घरेलु मदिरा तर्फ निगरानी बढाएका छन् । जसले गर्दा समाजमा अपराधिक क्रियाकलाप न्युनिकरण हुने विश्वास स्याङ्जावासीले लिएका छन् ।   
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ