arrow

विप्लव माओवादीका वन्दका कारण मेची अंचलको जनजीवन प्रभावित

logo
प्रकाशित २०७३ जेठ २१ शुक्रबार
Jhapa-hamrakura.jpg.jpeg
पाँचथर। आफना कार्यकर्ता विरुद्द लगाइएको मुद्धा फिर्ता लिइ रिहा गर्न माग गर्दै नेकपा माओवादी विप्लव समूहले एक दिने मेची अंचल वन्दको आह्वान गरेको छ। वन्दका कारण मेची अंचलका पाँचथर, ताप्लेजुङ, इलाम र झापामा चल्ने लामो तथा छोटो दूरीका सवारीका साधन संचालन हुन सकेका छैनन् भने वजार पसल,तथा कलकारखाना पनि खुल्न सकेका छैनन्।
 
केहि महिना अघि झापाको गुट्का उद्योगमा आगो लगाउने क्रममा पाटीका झापा जिल्ला सेक्रेटरी बाबुराम राई, सदरुयहरु चमनलाल माझी,पुष्प अधिकारी र नविन अधिकारीमाथि मुद्दा दर्ता गरी जेल चलान गरिएको भन्दै मेची अन्चल वन्दको आह्वान गरिएको पाटीको जारी प्रेस विज्ञिप्तमा उल्लेख छ। आफना कार्यकर्ता अविलम्व विना सर्त रिहाई गर्न पाटीले माग गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ