arrow

बर्ष दिनमै ३ अभिभावक गुमाएका टुहुराहरुका लागि थप सहयोग जुट्दै

logo
युद्ध बहादुर मल्ल,
प्रकाशित २०७७ कार्तिक २५ मंगलबार
yubraj-kumal.jpg

मुगु । एक बर्षभित्रै बुबा हजुरबुबा र हजुरआमा गुमाएका ४ टुहुरा बालबालिकाको लागि थप सहयोग रकम जुट्दै गएको छ । एक बर्षभित्रै तीन जना अभिभावक गुमाएका युवराज कुमाल र उनको पारिवारिक स्थितिका बारेमा हाम्राकुरामा समाचार प्रकाशित भएपछि अहिले देश विदेशका मनकारी व्यक्तिहरुले सहयोग गरिरहनुभएको हो । 

पछिल्लो पटक सरकारी वकिल कार्यालय कैलालिका सहायक जिल्ला अधिवक्ता सुरबहादुर परियारले २५ हजार सहयोग गर्ने जानकारी गराएका छन् । त्यसैगरि धार्दिङ घर भै हाल काठमाडौं बस्दै आएका संचारकर्मी राजन अधिकारीले १० हजार सहयोग गर्ने भएका छन् । यस्तै पुर्ख्यौली मुगु भइ हाल वेलौरी नगरपालिका वडा नम्बर १ गोकुलपुर निवासी दक्षिण कोरियामा कार्यरत दिलबहादुर शाहीले टुहुरा कुमाल परिवारका लागि १० हजार सहयोग गरेका छन् । 

यसअघी हाम्राकुराको कार्यालयमा आइ पत्रकार दिनेश दाहाल र युवा व्यवसायी भुपेन्द्र शमशेर कुँवरले सहयोग हस्तान्तरण गरेका थिए। दाहालले १० हजार र कुँवरले २० हजार सहयोग गरेका हुन् । संकलित सहयोग रकम तिहारपछि कुमालको घरमै गइ हस्तान्तरण गरिने हाम्राकुराले जनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ