arrow

मोरङमा फल्न थाल्यो किवी, होमस्टेका पाहुनालाई किवीकै वाईन

logo
विवेक मिश्र,
प्रकाशित २०७७ कार्तिक २५ मंगलबार
kiwi-firm-morang.jpg

बेलबारी। मोरङको केरावारी २ सिहदेवि (जेफाले)का नारायण राईले ६ रोपनी पाखोबारीमा किवी खेती गरेको ७ बर्ष भयो । राई जिल्लाकै पहिलो किवि उत्पादन गर्ने समेत किसान हुन् । कालो झार मात्रै उम्रने वारीमा फाडफुड गरेर राईले मकै कोदो रोप्ने गरेका थिए । मकै कोदो समेत दुम्सीले खाएपछि राईले काठमाडौंबाट ५ वटा किविका बिरुवा ५ सय रुपैया प्रति गोटाले किनेर रोपे । उनले रोपेको किवीको ३ बर्षमा फल्न थाल्यो भने त्यहिबाट उनले नयाँ बिरुवा थपे । अहिले उनको वारीमा १ सय बोट भन्दा बढि किवी लटरम्म फल्न थालेको छ । ५० रोपनीलाई पुग्ने गरी राईले किविको नर्सरी राखेका छन् ।  

अमिलो र गुलियो स्वाद पाइने किवीलाई नेपालीमा ठेकी फल भनेर समेत रूपमा चिन्ने गरिएको छ। न्युजिल्याडले किवीलाई प्रमुख फलफूल बालीको मान्यता दिएको छ । सोयु, ब्रुनो, हेवार्ड, आलिसान, टोमरी, मन्टी जातको किवीको बिरुवाको मूल्य सरकारी दररेट अनुसार प्रतिगोटा एक सय रुपैयाँ छ राईले भने नेपालमा भने ठाउ ठाँउमा फरक फरक रहको छ । लगाएको तेस्रो वर्षबाट किवीले फल दिने गरेको छ। एउटा बोटमा ५० देखि ७० किलोग्रामसम्म फल लाग्ने गर्छ । समुद्री सतहदेखि १५ सयदेखि दुई हजार मिटरको उचाइमा किवी खेती गर्ने गरिन्छ । भिटामिन सीलगायत पौष्टिक तत्त्व पाइने किवी चिनी रोगका बिरामीका लागि लाभदायक मानिन्छ । पाचन प्रक्रियालाई सहयोग गर्ने किवीबाट जाम र वाइन बनाउन सकिन्छ । 

सुगम जिल्लाकै दुर्गम मानिने जेफालेमा उत्पादन भएका बस्तुहरु बजारसम्म पुर्याउन समस्या हुन्छ । जेफालेको सबैभन्दा नजिकको बजार धनकुटाको राजारानी हो भने मोरङको केरावारी हो। दुवै ठाँउमा पुग्न समस्या रहेको छ । बजारसम्म पुर्याउदा ३ सय रुपैयाँ किलो सम्मले बिक्रि हुन्छ । राईले भने बोटबाटै २ सय रुपैयामा विक्रि हुन्छ । बर्षमा ७ सय क्विन्टल भन्दा बढी उत्पादन हुने गरेको राईले बताए। भौगोलिक बिकटता भएपछि बजारसम्म पुर्याउन समस्या भएपछि राईले आफै किवीको वाईन बनाउन थालेका छन् । बजारमा पुर्याउननै समस्या छ राईले भने । बजारमा पुर्याएपछि आफुले सोचेको मुल्यमा बिक्रि हुँदैन । उनले थपे अहिले घरमै वाईन बनाउछु । उनको घरमा होमस्टे समेत छ ।

होमस्टेमा बस्ने पाहुनालाई राई परिवारले त्यहि वाईन दिन्छन । मोरङमा राई किवी खेति गर्ने एक्ला कृषक हुन् । किवी भन्दा वाईनबाट धेरै फाइदा हुने गरेको समेत उनले बताए । उनले किविको वाईनलाई ब्रान्ड गरेर बिदेशतिर निर्यात गर्ने लक्ष्य रहेको समेत सुनाए । जेफालेमाको होमस्टेहरु अहिलेसम्म अर्गानिकनै छन् । राईको होमस्टेमा भेटिएका मोरङको सुन्दरहरैचाका एलएन गच्छदारले भने अन्यत्र आयातितले भरिएका हुन्छन यहाँ सवै अर्गानिकनै पाइदो रहेछ । त्यहाँको अन्न वालीमा रासायनिक मल कृषकहरुले प्रयोग गर्दैनन् । ९ घरमा सामुदायिक होमस्टे राखिएको छ । त्यहाँ आउने पर्यटकलाई दाल भात तरकारी सिस्नो ढिडो, लोकल, कुखुरा, खसीको मासु खानामा दिईन्छ भने इस्कुस, फर्सी, मकै भट्मास खाजाकारुपमा दिइन्छ । यस्तै त्यहि उत्पादन गरिएको वाईन, चिया पेय पदार्थका रुपमा दिने गरिएको होमस्टे संचालकहरु बताउछन । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ