arrow

केडिया अपहरण प्रकरण : हवल्दारसहित चार जना निलम्बित

logo
प्रकाशित २०७३ जेठ २१ शुक्रबार
Bara-hamrakura.jpg.jpeg
कलैया । मध्य क्षेत्रीय प्रहरी कार्यालय हेटौँडाले वीरगन्जका उद्योगपति सुरेश केडियाको अपहरण घटनामा बारा कवही गोठ प्रहरी चौकीका हवल्दारसहित चार जना प्रहरीलाई निलम्बिन गरेको छ । केडियालाई अपहरण गरी लैजाने क्रममा अपहरणकारीले प्रयोग गरेको जिपलाई कवही गोठ प्रहरीले हातको इसाराले रोक्न खोज्दा सजिलोसँग उम्कन सफल भएको घटनाबारे अनुसन्धानका लागि निलम्बिन गरिएको हो । 
 
निलम्बित हुने प्रहरी हवल्दार तेजबहादुर ढकाल, प्रहरी जवानत्रय प्रमोदकुमार यादव, वुनिल महतो र सुरेन्द्रप्रसाद साह छन् । यस अगाडि तेलकुवा सुरक्षा बेस क्याम्पका सशस्त्र प्रहरी निरीक्षक हेमराज न्यौपाने, कवही गोठ बोर्डर आउट पोष्टका सशस्त्र प्रहरी नायब निरीक्षक चन्द्रशम्शेर कुँवर, सशस्त्र प्रहरी हबल्दार र सशस्त्र प्रहरी जवानसमेतलाई निलम्बिन गरिएको थियो । 
 
सशस्त्र प्रहरी कार्यविभागका प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कृष्णकुमार तामाङ, नेपाल प्रहरी कार्यविभागका प्रमुख अतिरिक्त महानिरीक्षक केदार साउदको टोलीले अपहरणको घटनाबारे अनुसन्धान गरी बुझाएको प्रतिवेदनका आधारमा निलम्बित गरिएको थाहा भएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ