arrow

सरकार परिवर्तन हल्ला मात्रै, माओवादीसंग कुनै भद्र सहमति भएको छैन : कमल थापा

logo
कुमोद अधिकारी,
प्रकाशित २०७३ जेठ २१ शुक्रबार
Kamal-Thapa.jpg.jpeg.jpeg
विराटनगर । उपप्रधानमन्त्री कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकार परिवर्तन हुने कुरा बजारी हल्ला मात्र भएको बताएका छन् । विराटनगर विमानस्थलमा  संचारकर्मीसंग कुरा गर्दै थापाले वर्तमान् अवस्थामा सरकाले परिवर्तन गर्ने कुनै धारातलिय आधार समेत नरहेको जिकिर गरे । सत्ता साझेदार पार्टी राप्रपा नेपालका अध्यक्ष समेत रहेका थापाले अहिलेको सरकार कुनै पनि हालतमा परिर्वतन हुने अवस्था आफुले नदेखेको पनि ठोकुवा गरे । 
 
थापाले भने, ‘बजारमा सरकार परिवर्तन हुने जुन खालको हल्ला आएको छ सरकार परिवर्तनको त्यो अहिलेको अवस्थामा सम्भव छैन ।’ ओली सरकार निर्माणको क्रममा माओवादी पार्टीसंग प्रधानमन्त्री केपी शर्मा ओलीले  कुनै भद्र सहमति गरेकाबारे आफुलाई जानकारी नभएको उपप्रधानमन्त्री थापाको जिकिर छ । सरकार निर्माण गर्ने कुरामा तत्कालिन समयमा म आफै पनि धेरै पटक बैठकमा सामेल भएको भन्दै थापाले भने, ‘माओवादीसंग कुनै भद्र सहमति भएको बारे मलाई जानकारी छैन ।’
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ