arrow

बारेकोटका बाढीपहिरो पिडितलाई तरुणदलको खाद्यान्न सहयोग 

logo
लोकेन्द्र बिश्वकर्मा,
प्रकाशित २०७७ कार्तिक २६ बुधबार
tarun-jagarakot.jpg

जाजरकोट। नेपाल दरुणदलले बारेकोट गाउँपालिकालाई खाद्यान्न सहयोग गरेको छ। बारेकोट गाउँपालिकामार्फत बिभिन्न वडाहरुका बाढी पहिरोबाट बिस्थापित भइ बिहान बेलुका हातमुख जोड्नलाई संकट परेका स्थानीयहरुलाई खाद्यान्न सहयोग गरेको तरुणदल बारेकोटका अध्यक्ष दानबहादुर शाहीले बताए।

अध्यक्ष शाहीका अनुसार गत असार महिनाको भीषण बाढी पहिरोले समस्यामा परेका बारेकोटीहरुलाई तरुणदलको पहलमा ११५ बोरा चामल गाउँपालिका मार्फत सहयोग गरिएको हो।

खाद्यान्न सहयोग कार्यक्रममा नेपाली कांग्रेस जाजरकोटका युवा नेता बेदराज सिंह, नेपाल दरुणदलका कार्यवाहक अध्यक्ष लोकेन्द्र थापा, दरुणदल जिल्ला सचिव हेमन्त सिंह, नेपाल दलित संघ बारेकोट गाउँपालिका अध्यक्ष अबिनाश बिश्वकर्मा लगायतको टोलीले खाद्यान्न गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहलाई हस्तान्तरण गरेका थिए।

खाद्यान्नको अभाव झेल्दै आएका बाढी पहिरोबाट बिस्थापितहरुलाई कार्यपालिकाको बैठक गराई बितरण गर्ने गाउँपालिका अध्यक्ष शाहले बताए। अध्यक्ष शाहले खाद्यान्न सहयोग गर्ने, पहल गर्ने तरुणदल, नेपाली कांग्रेस पार्टीलाई धन्यवाद दिएका थिए। यस अघि दरुणदल बारेकोट बाढी पहिरोमा राहत तथा उद्धार कार्यमा खटिदै आएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ