arrow

ससुराको काज किरिया गर्न रोकेका गहतराज परिवार बिरुद्ध बुहारी कोपिला बर्देवाले दिइन उजुरी

बुहारीको उजुरी पछि जातिय छुवाछुत गरेको आरोपमा दुई पक्राउ

logo
विवेक मिश्र,
प्रकाशित २०७७ कार्तिक २६ बुधबार
kopila-bardewa.jpg

बेलबारी । जातीय छुवाछुत गरेको आरोपमा मोरङको उर्लाबारीबाट दुई जना पक्राउ परेका छन् । उर्लाबारी–४ की ३० वर्षीया कोपिला बर्देवाले आफू सानो जात भएकै कारण ससुराको काज किरिया संगोलमा गर्न नपाएको भन्दै जातीय छुवाछुत कसुरमा परिवारका छ जना बिरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले दुई जनालाई बुधबार पक्राउ गरेको हो । 

आफूलाई सानो जात भन्दै सामुहिक काज किरियामा बस्न नदिएको र घाटमा समेत लछारपछार गरेपछि श्रीमान् दिवस गहतराजलगायत परिवारका छ जना बिरुद्ध कोपिलाले छुवाछुत कसुरमा इलाका प्रहरी कार्यालय उर्लाबारीमा जाहेरी दिएकी थिइन् । उनले दिवससहित सासू ५५ बर्षीया सुनिता गहतराज, दिवसकी जेठी पत्नी ३२ बर्षीय तारा गहतराज, जेठाजु ४० बर्षीय दिपक गहतराज, ३८ बर्षीय सम्भू गहतराज र ताराकी बहिनी २५ बर्षीया शारदा घतानी विरुद्ध छुवाछुत कसुरमा किटानी जाहेरी दिएकी थिइन् । 

दुई जनालाई पक्राउ गरिएको जनाउँदै इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले अन्यको खोजी कार्य भइरहेको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ