arrow

राजधानीको अडानमा दिइएको राजीनामा बन्यो लाजमर्दो, नेकपाको राजनीतिक छायाँमा फर्किए उद्योगी व्यवसायी

logo
नारायण वली, 
प्रकाशित २०७७ कार्तिक २७ बिहिबार
124495586_375834946958945_6.jpg

रुपन्देही । गत असोज २० गते प्रदेश नं ५ को अस्थायी मुकामलाई स्थायीत्व दिदै दाङ लगिएपछि रुपन्देहीका विभिन्न उद्योगी व्यवसायीहरुले रुपन्देहीलाई नै स्थायी राजधानी घोषणा गर्न भन्दै केही दिन सडकमा टायर वाल्ने देखि मुख्यमन्त्री शंकर पोखरेल सवार गाडीमा ढुङ्गामुढा समेत गरे । प्रदेश सभाको छैटौं अधिवेशन तथा २९ औं बैठकमा प्रदेशको नाम र ठाउँ कसरी सुल्झाउने भन्ने बारेमा सदन र सडकमा निकै सकसपूर्ण वातावरण पनि पैदा भयो ।

सो क्रममा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रदेश सांसदहरु नाम के राख्ने र ठाउँ कहाँ तोक्ने बारेमा मौन बसे । यहाँका जनता रुपन्देहीलाई नै तोक्नु पर्ने भन्दै सडकभर आन्दोलन, बन्द गर्दै माहोल तताए । तर उनीहरुले उठाएको माग सुनुवाई भएन । प्रदेशको नाम र ठाउँ तोक्नका लागि सहमति नजुटेपछि मतदानबाट गत असोज २० गते दाङलाई स्थायी राजधानी तोकियो भने प्रदेशको नाम लुम्विनी राखियो ।

सोही दिन दाङलाई स्थायी राजधानीको विषयमा असहमति जनाउँदै राजीनामा दिएका पार्टी नेकपा निकट बुटवलका उद्योगी व्यवसायीहरुलाई पार्टीले पुनः फर्किन निर्देशन दिएको छ । बुटवलमा अहिले नेकपा निकट व्यवसायीहरुको राजीनामाको मजाक हुन थालेको छ। नेकपा उद्योग व्यवसाय विभाग रुपन्देहीले असन्तुष्ट उद्योगी व्यवसायीहरुलाई बुधवार (कार्तिक २६ गते) बुटवलमा भेला गरी पुर्ववत पार्टीको काममा फर्किन निर्देशन दिएको पार्टीका उद्योग व्यवसाय विभाग रुपन्देही प्रमुख गोपाल रानाले बताए ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री एवं सरकार प्रवक्ता बैजनाथ चौधरी र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री लिला गिरी लगायतका नेताहरुको समेत सहभागीता रहेको भेलामा उद्योगी व्यवसायीले १३ बुँदे माग सहितको ज्ञापनपत्र समेत बुझाएको र सो माग पूरा गर्ने उधारो प्रतिवद्धता पाएपछि उद्योगी व्यवसायीहरु पुनः पार्टीमा फर्किन तयार भएका हुन् । 

बुटवललाई प्रदेशको स्थायी राजधानी कायम नगरिएपछि नेकपा निकट २ हजार २ सय ४९ जना उद्योगी व्यवसायीहरुले गत असोज २० गते बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी सामूहिक रुपमा राजीनामा दिएका थिए । यस्तै राजधानी तय गर्न दवाव स्वरुप राजीनामा घोषणा गरिएको तर अब यो विषय टुंगिसकेकाले पार्टीले अन्य मागहरु सम्बोधन गर्ने प्रतिवद्धता जनाएको भन्दै पुनः पार्टी जिम्मेवारीमै फर्किने गरी सहमति भएको रुपन्देही उद्योग संघका अध्यक्ष बाबुराम बोहोराले जनाए ।

उनले भने ‘उद्योगी व्यवसायीहरुले बुटवललाई लुम्बिनी प्रदेशको आर्थिक र पर्यटकीय राजधानी बनाउने घोषणा प्रदेश सरकारले गरेको बताउँदै हामीले त्यसको ठोस आधार खाजेका छौं ।’ आर्थिक र पर्यटकीय राजधानीको ठोस आधार खोजेको र पार्टीले त्यसका लागि पार्टीका नेताहरुले प्रतिवद्धता जनाएपछि आफूहरु राजीनामा फिर्ता गर्न सहमत भएको बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ