arrow

सुतिरहेकि युवतिको गोलि हानी हत्या

logo
प्रिमेश शिवाकोटी,
प्रकाशित २०७७ कार्तिक २७ बिहिबार
Killed.jpeg

रौतहट। रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ७ लौकाहामा राति ११ बजे आफ्नै घरमा सुतिरहेको अबस्थामा १८ बर्षिया अमृता कुमारी साहको गोली हानी हत्या भएको छ। स्थानीय राम अयोध्या साहकी छोरी अमृताको हत्याबारे छानबिन गर्न प्रमुख जिल्ला अधिकारी, प्रहरी उपरिक्षक सिद्धि बिक्रम शाह सहितको टोलि घटनास्थलमा पुगेका छन् ।

थप अनुसन्धानका लागि प्रदेश प्रहरी कार्यालय बर्दिबासबाट डग टोली समेत मगाइ सुक्ष्म अनुसन्धानमा जुटेको र दोषि छिट्टै पक्राउ पर्ने प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादबले बताएका छन् । सर्लाहीमा बिबाह भएको तर हाल माइतीमै बस्दै आएकी अमृताको हत्या भएपछि लौकाहा सहित आसपासमा गाउँमा त्रासको माहोल सृजना भएको छ।

गत २०७६ फागुनमा अमृताको बिवाह सर्लाहीको मधुवनगोठका रुपेश साहसँग भएको थियो । युवतीका श्रीमानलाई पनि अपरचित समूहले गत वैशाखमा चक्कु प्रहार गरेको थियो । चक्कु प्रहारबाट घाइते श्रीमान् लामो समय उपचारपछि मात्र निको भएका थिए ।

गत असार महिनादेखि युवती उनको माइती लौकाहामा नै बस्दै आएकी थिइन् । यसअघि पनि माधबनारायण नगरपालिकाकै खेसरहियामा पुजारी श्रीराम साहको कन्चटमा  गोली हानी हत्या भएको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ