arrow

कर्मा शेर्पाले उपलब्ध गराएको भवनमा बीओपी

logo
प्रकाशित २०७७ कार्तिक २७ बिहिबार
bop-ilam.jpg

इलाम । इलामको सन्दकपुर गाउँपालिकामा स्थानीय कर्मा शेर्पा (लामा) ले उपलब्ध गराएको भवनमा बीओपी बसेको छ । सन्दकपुरको वडा नम्बर ४ कालपोखरीमा रहेको उक्त दुई तले पाँच कोठे पक्की भवनको बुधबार उद्घाटन गरिएको छ ।

नेपाल–भारत सीमावर्ती ईलाकाहरुमा हुन सक्ने सीमा अपराधसंग सम्बन्धित गतिबिधिहरु नियन्त्रण गर्न, रोकथाम गर्न तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा राज्यको राजश्व संकलन बृद्धि गर्न एवं आमजनमानसमा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउने उद्देश्यका साथ एक्त बीओपी खडा भएको हो । 

उक्त भवनको उद्घाटन सन्दकपुर गाउँपालिकाका अध्यक्ष उदयबहादुर राई, मजकुर स.प्र.बल, नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरीका सहायक बाहिनीपति सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक कमल गिरीलगायत त्यस गणका गणपति स.प्र.उ. सुधिरजंग थापा, भारतीय समकक्षी एसएसबी ३६ औं बीएनजी कोए हेडक्वार्टर, कालपोखरीका प्रहरी निरीक्षक उत्तम कुमार पाल, सन्दकपुर गाउँपालिका वडा नं ४ का वडाध्यक्ष वर्तमान गुरुङ, अन्य स्थानीय जनप्रतिनिधि, स्थानीय समाजसेवी, बुद्धिजिवी, भद्रभलाद्मीहरुको उपस्थितिमा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ