arrow

सर्लाही ४का अन्य पार्टीका दर्जनौ कार्यकर्ता कांग्रेसमा प्रवेश

logo
प्रकाश मैनाली,
प्रकाशित २०७७ कार्तिक २७ बिहिबार
congress-party-pravesh-sarl.jpg

सर्लाही । नेपाली कांग्रेसले सर्लाहीको दक्षिण पश्चिम ग्रामीण भेगस्थित बसबरियामा अन्य पार्टीका दर्जनौ कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गरेको बताएको छ । बसबरियास्थित जनता मावि धनगढाको प्रांगणमा आयोजित कार्यक्रममा पूर्व माओवादीको तर्फबाट वडा नं. १ को वडाध्यक्षका प्रत्यासी रामसुनर राय, माओवादीकै तर्फबाट २ नम्वर वडाको वडाध्यक्षका प्रत्यासी छविलाल राय, तत्कालिन नयाँ शक्तिबाट ६ नम्वर वडाको वडाध्यक्षका प्रत्यासी राजकिशोर यादव लगायत दर्जनौ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) का नेता कार्यकर्ता कांग्रेसमा प्रवेश गरेका कांग्रेस नेता समेत रहेका बसबरिया गाउँपालिकाका अध्यक्ष रामअयोध्या रायले जानकारी दिए ।

पार्टीका नवप्रवेशीहरुलाई बसबरिया गाउँपालिका ५ को कांग्रेस वडा कार्य समितिका सभापति नेनीचन्द रायको अध्यक्षता एवं पूर्व मन्त्री तथा केन्द्रीय सदस्य गोबिन्दबहादुर साह सहितको टोली नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गरेका थिए।

वुधवार साँझ अबेरसम्म चलेको कार्यक्रमलाई संविधानसभा सदस्य रामहरि खतिवडा र जंगिलाल राय, पूर्व सभासद् हरेश महतो, प्रदेश सभा सदस्य वीरेन्द्र कुमार सिंह, मलंगवा नगरपालिकाका मेयर निरसल साह, बसबरिया गाउँपालिकाका अध्यक्ष राम आयोध्या यादव, विष्णु गाउँपालिकाका अध्यक्ष जवाहारलाल राय, महाधिवेशन प्रतिनिधि सोनी बोम्जन लगायतले सम्वोधन गरेका थिए ।

दीपावली र छठ पर्वको शुभकामना आदानप्रदानसँगै कांग्रेसले क्षेत्र नंं ४ को धनगढामा बृहत पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरेको हो । यसअघि मंगलवार बागमती नगरपालिका ६ राजघाट गुम्बा टोलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पनि अन्य पार्टीबाट १५० जना कांग्रेसमा प्रवेश गरेको बताइएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ