arrow

राति बैतडीमा बस दुर्घटना हुँदा नौ जनाको घटनास्थलमै मृत्यु

घाइते ३४ मध्ये ७ जना गम्भीर, चालक पनि घाइते

logo
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
accident-final.jpeg

बैतडी । बैतडीमा बस दुर्घटना हुँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार राति दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको घटनाास्थलमै मृत्यु भएको हो ।

दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस दुर्घटनामा हुँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको डीएसपी नारायणप्रसाद अधिकारीले जानकारी दिएका छन् । मृतकहरुको सनाखत हुन सकेको छैन ।

अधिकारीका अनुसार ३४ घाइते भएका छन् । तीमध्ये सात जनाको अवस्था गम्भीर रहेकाले धनगढी लगिएको छ । बाँकीको नजिक भएकाले डडेल्धुरा अस्पतालमा उपचार भइरहेको अधिकारीले बताए । प्रहरी र स्थानीयवासी मिलेर राति नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरेका थिए । 

प्रारम्भिक अनुसन्धान अनुसार चालक निदाएर दुर्घटना भएको हुन सक्ने डीएसपी अधिकारीले बताए । चालक पनि टाउको र शरीरमा चोटपटक लागि घाइते भएकाले बोल्न सक्ने अवस्थामा नभएको बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ