arrow

(अपडेट) बैतडीको खोडपेमा बस दुर्घटना, नौ जनाको मृत्यु 

मृतकको पहिचान हुन बाँकी, शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै

logo
प्रकाश भट्ट, 
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
124188075_972444873585101_3.jpg

दार्चुला । बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ खोडपेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । गन्नादेखि महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बैतडीको खोडपे बजार नजिकै बुधबार राति साढे १० बजे दुर्घटना हुँदा ९ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

मृत्यु हुुनेमा ७ जना पुरुष र २ जना महिला रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । सानो घुम्तीबाट बस ५ सय मिटर जति तल खसेको उनले बताए । मृतकहरुको सनाखत हुन बाँकी रहेको छ । 

दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते ७ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २७ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । 

प्रहरी र स्थानीय मिलेर राती नै घटनास्थलबाट घाइतेहरुको उद्धार गरिएको छ भने मृतकको शव निकालिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याउँदै गरेको प्रहरी नायव उपरीक्षक अधिकारीले जानकारी दिए । उक्त बसमा ४०–५० जना सवार रहेको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ