arrow

बैतडी बस दुर्घटनाः मृतक सबैको पहिचान खुल्यो, १२ गम्भीर

logo
प्रकाश भट्ट, 
प्रकाशित २०७७ कार्तिक २८ शुक्रबार
124188075_972444873585101_31.jpg

बैतडी । दशरथचन्द राजमार्ग अन्तर्गत पर्ने बैतडीको पाटन नगरपालिका ८ खोड्पेमा बिहीबार राति भएको बस दुर्घटनामा परी मृत्यु भएका सबै ९ जनाको सनाखत भएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा दार्चुलाको लेकम गाउँपालिका ४ का र्तकराज गिरी, मालिकार्जुन गाउँपालिका ५ का जगन्नाथ ओझा, बैतडीको दोगडाकेदार ६ सित्तडका २५ बर्षीय प्रहरी जवान रणबहादुर चन्द, दोगडाकेदार ६ सित्तडकै २७ बर्षीय करनसिंह ऐर, दोगडाकेदार गाउँपालिकामा कार्यरत कर्मचारी कविन्द्र जोशी, कञ्चनपुरको भिमदत्त नगरपालिका ८ तिलाचौरका १५ बर्षीया कृतिका कार्की रहेका छन् । 

यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिका १० विजना धामी, कैलालीको धनगढी उपमहानगरपालिका ४ का नरेन्द्र चौधरी, धनगढी उपमहानगरपालिका १८ का ऋषिराम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक नारायण प्रसाद अधिकारीले जानकारी दिए ।

मृतकमध्ये कृतिका कार्कीको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो भने अन्य ८ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । सो दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भीर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भईरहेको छ ।

बैतडीको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदुत यातायातको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राति साढे १० बजेतिर दुर्घटनामा परेको हो ।

सानो घुम्तीबाट बस करिब ५ सय मिटर तल खसेको छ । दुर्घटनामा परेको बस पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ